अत्तरिया -सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले मन्त्रालयबाट भएका हरेक कामको आफूले नैतिक जिम्मेबारी लिने बताएका छन । शनिबार गोदावरी एफ एम को बिषेश कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले मन्त्रालबाट हुने सबै काममा मन्त्रीको प्रत्यक्ष सहभागीता नहुने भएपनि पछिल्लो समय आएका कुराको नैतिक जिम्मेवार लिने बताए । उनले आफूलाई एम्वुलेन्सका विषयमा जोडेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताए । उनले आफूले जनताको मतको अपमान हुन नदिने गरी काम गर्ने बाचा गरेर काम गरिरहेको र आफू मन्त्रालय पद छोड्दा पनि एकदमै निस्कलंक भएर छोड्ने बताए । ‘मतदातालाई कृष्ण सुवेदी कुनै गलत काम पो ग¥योकी भन्ने चिन्तामा नपर्न आग्रह गर्दछु ।’ मन्त्री सुवेदीले भने – ‘आफूबिरुद लगाईएका आरोपमा कुन सत्यता छैन ।
आफू जुन अवस्थामा मन्त्रालयमा गएको छु त्यही अवस्थामा फर्कने छु ।’उनले आफू सेती प्रादेशिक अस्पतालको सुधारमा निरन्तर लागिरहेको बताउँदै अस्पतालमा पनि आफूलाई भष्ट्राचार भयो भनेर लगाउनुमा कुनै सत्यता नभएको बताए । मन्त्री सुवेदीले भने ‘हामीले अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट राख्यौ । २ करोडको अक्सिजन प्लान्ट राख्दा ३ करोडको भष्टाचार भयो भन्ने आयो ।’ उनले सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमकै गौरवको अस्पताल भएकाले बिना कारण आरोप लगाउन मेसूलाई हटाउन खोज्यो भन्ने आरोप लागाउनु गतल भएको बताए ।
उनले अस्पतालका लागि अष्ट्रासाउण्ड मेसीन खरिदमा बिषयमा पनि भष्टाचार भयो भनेर लगाईएको आरोप पनि निराधार रहेको बताए । ‘अष्ट्रासाउण्ड खरिदमा ७८ कारोड पाप्त भएको सम्पूर्ण पैसा स्वास्थ निर्देशनालयमा पठाएको हो । निर्देशनालयले खरिद गरेको अष्ट्रासाउण्डमा पनि मन्त्रालयले नै भष्टाचार ग¥यो भन्ने आरोप लगाईयो ।’ मन्त्री सुवेदीले भने – ‘सञ्चार माद्यमले तथ्यका आधारमा मात्रै समाचार लेख्न आवश्वक छ । तथ्यका आधारमा पुष्टि हुन्छ भने समाचार लेखै नत्र त्यतिकै जनतालाई भ्रममा नपारौ । ११ करोडमा मन्त्रालयले ५ करोड भष्टाचार गरेको छ भन्ने आरोप लगाउँदा त्यसमा कानुन बमोजिम खरिद भएको छ कि छैन भनेर पहिले अनुसन्धान गरेर जनताका बिचमा ल्याउनु पर्दछ ।’
उनले कसैले राजनीतिक प्रतिशोधका लागि पनि आफूमाथि बिभिन्न आरोप लगाएको हुन सक्ने भएकाले पनि यस्ता कुरा आउने गरेको हुन सक्ने भएको बताए । ‘आफू स्वास्थ शिक्षा, महिला जस्तो महत्तपुर्ण मन्त्रालयमा भएकाले म निकै सक्रिय हुन्छु, मन्त्रालयमा धेरै सक्रिय पनि छु ।’ मन्त्री सुवेदीले भने – ‘सुवेदी धेरै क्रियाशिल भयो ।
मन्त्रालयको धेरै काम गर्न थालेकाले यस्को कसरी खुट्टा तान्ने भन्ने भएर पनि यस्तो भएको हुन सक्छ ।’उनले केहि साथिहरुमा मैले यो मन्त्रालय चलाउन सक्छु की सक्दैन भनेर आशंका गरिरहेका बेला आफूले उत्कृष्ट काम गर्न थालेपछि केहि साथीहरुले यस्ता आरोप प्रत्यारोप लगाउन सक्ने बताए । ‘यो सतिले सरापेको देश भन्छन त्यसैले यहाँ जसले राम्रो ग¥यो त्यसको खुट्टा तान्ने प्रबृति छ । त्यहि प्रबृति हावी भएको छ ।’ ‘पुर्व मन्त्री दिर्घ सोराडी मन्त्री हुँदा सुदूपश्चिमका पहाडी जिल्लामा १६ ओटा एम्बुलेन्स दिनुपर्छ भनेर बजेटमा राख्नु भएको थियो ।
वँहा मन्त्रालयबाट पद मुक्त भएपछि फागुनमा अन्तराष्ट्रिय रुपमा टेन्डर आव्हान भयो । त्यती बेलाका सचिव ईन्जिनियर गगन बहादुर हमाल जो अहिले यातायात व्यवस्था बिभागको महानिर्देश हुनुहुन्छ त्यतिबेला वहा मन्त्रालयको सचिव हुनुहुन्थो । वहाले एम्बुलेन्सको मापदण्ड बनाउनु भएको हो । त्यसै अनुसार अन्तराष्ट्रि स्तरको टेन्डर भएको हो । त्यसमा २÷३ ओटा कम्पनिका निवेदन परे ।’
उनले त्यसमा कम रकम कम रकम हाल्ने ६ करोड २७ लाख पास गरेको बताए । उनले ति सबै काम सचिव स्तरमा नै भएकाले आफ्नो कुनै संग्लनता समेत नभएको बताए । उनले आफूसंग भएको मन्त्रालय अन्तरगत स्वास्थको क्षेत्रमा अलि बढी बिवाद आउने गरेकोले यस्तो किन भईरहेको छ भनेर छानबिन गर्न आवश्यक रहेको बताए ।