धनगढी – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रियाशील दलित पत्रकारहरूको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रियाशील दलित पत्रकारको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको हो । शुक्रबार र सनिबार चलेको सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनराज विक र सिपी लोहिया, कोषाध्यक्षमा रेसु बराइली, सहसचिव कृष्ण नेपाली चयन भएका छन् । यस्तै, सदस्यमा पूर्ण विक, हिक्मत बादी, खडक बहादुर कोली, अनिता विक, भानबहादुर विक, प्रकाश पार्की, प्रेमराम लोहार, आरती एस के, विक्रम परियार, जगत जयगडी, हरिकृष्ण ताम्राकार, रमित विक, निराजन परियार र विवेक नागरी चयन भएका छन् । अध्यक्ष विक टीकापुरबाट प्रकाशन हुने ‘सुदूर सन्दर्भ’का सम्पादक हुन् । सम्मेलनको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले धनगढीमा उद्घाटन गरेका थिए ।
प्रमुख अतिथी रहेका सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले दलित समुदायको सशक्तिकरण नहुदा सम्म समग्र देशको समृद्ध हुन नसक्ने बताएका छन । शाहले भेलामा मानवता सबै भन्दा बढी दलित समुदायमा रहेको बताउदै दलित समुदायको हक अधिकारका मुद्दाहरुमा दलित पत्रकारहरुले बलियो रुपमा कलम चलाउन आग्रह गरे ।
सुदुरपश्चिम प्रदेश सांसद टेक बहादुर रैकाले बिगत देखि दलित समुदाय प्रतिको बिकृती र बिसंगतीका सवालमा दलित पत्रकारहरुले न्यायिक रुपमा कलम चलाउन आग्रह गर्दै दलितका सवालमा स्थानिय देखि केन्द्रीय सरकारमा रहेका जनप्रतिनिधिहरु लाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।
सामाजिक न्याय, सुशासन र समाबेशी लोकतन्त्र, स्वस्थ व्यावसायिक र मर्यादित पत्रकारिता हाम्रो मुल मन्त्र बोकेको क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलनमा सुदुपश्चिमका ९ जिल्लामा रहेका दलित पत्रकारहरुको सहभागीता रहेको थियो ।
सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुलाई शनीबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको थियो ।