‘एउटा प्लेन दुर्घटना हुन्छ, हेलिकप्टर दुर्घटना हुन्छ भने तुरुन्तै छानबिन कमिटि बन्छ, तुरुन्तै प्रतिवेदन तयार भएर कारण पत्ता लगाईन्छ, तर सडकमा ठुला–ठुला दुर्घटना हुँदा पनि कुनै छानमिन हुँदैन । सत्य तथ्य के हो थाहा नै हुँदैन । कसको कमजोरी हो थाहा नै हुँदैन ।’ दुर्घटना न्यूनिकरणका लागि आयोजित कार्यक्रममा यातायात व्यवसायी पदम राज सापकोटाले भने –‘सडक दुर्घटना किन भयो यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा राज्यले पहल गरेको देखिएन ।’ लामो समय सवारी चालकको काम गरेको अनुभव सुनाउँदै उनले बिना छानमिन अधिकान्स घटनामा चालक दोषी देखाईनु गलत भएको बताए ।
‘आम सर्वसाधारणको बुझाई चालकले कै लापरवाहि गरेको भन्ने हुन्छ । सडकमा हिन्ने यात्रुले गल्ति गरेको भएपनि हामी त्यसमा ध्यान दिन्नै ।’ सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष समेत रहेका सापकोटाले भने – ‘सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना एकदमै आवश्यकता छ । विद्यालयमा अध्ययन गर्ने बालबालीकालाई पाठ्यपुस्तकमै ट्राफिक नियमका बारेमा जानकारी दिनु प-यो ।’
सडकमा सवारी दुर्घटना हुँदा पनि सवारी चालकले लापरवाहि ग-यो भन्छै तर त्यो दुर्घटना अन्य पनि कारण थिए की त्यस तर्फ हामी ध्यान दिन सकेका छैनौ । जसले सवारी दुर्घटनाको मुल कारण नै ओभेलमा परी दुर्घटना न्युनिकरण नभएको उनको बुझाई छ । ‘सवारी चालक मात्रै सचेत भएर हुँदैन सडकमा हिन्ने सबैले ट्राफिक नियमको पालना गर्न आवश्यक छ ।’ – अध्यक्ष सापकोटाले भने ।
‘केहि बर्ष अगाडी हामीले ७२ सवारी दुर्घटनाको विश्लेषण गरेका थियौ’ जिफन्ड कैलालीका अध्यक्ष समेत रहेका गोदावरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशीले भने – ‘अनुसन्धानमा हामीले २ दुर्घटनामा मात्रै चालकको दोषी भएको पायौ । त्यसमा पनि चालकको सामान्य मात्रै त्रुटि देखियो ।’ चालककै लापर्वाहिबाट मात्रै दुर्घटना हुँदैन । बाटो, मौसम, यातायातको चाप, हाम्रो सामाजिक परिवेस पनि यसमा जिम्मेबार भएकाले यातायात चाललाई मात्रै दोषि देखाउनु गलत हो । वडा अध्यक्ष जोशीले हाम्रो यही सोचका कारण हामीले यातायात श्रमिकलाई हेर्ने दृष्टिकोण पनि नराम्रो भएको बताए ।
सुदूरपश्चिम यातायात मजदुर भलाई कोषका अध्यक्ष केशब राज पन्तले यातायात मजदुर र ट्राफिक प्रहरी बिचको सम्बन्ध राम्रो भएमा पनि दुर्घटना न्युनिकरणमा भुमिका खेल्ने बताए । ‘सडकमा ट्राफिक प्रहरी छ भने डराउने, आत्तिहाल्ले गर्छै ।’ अध्यक्ष पन्तले भने – ‘ट्राफिक प्रहरीले पनि सवारी चालकलाई गर्ने व्यवहार सुधार गर्दै जानु पर्छ । सुधार हुँदै आएको छ ।’एउटा चालकलाई मात्रै दोष लगाईएको छ । हाम्रो रोडको अवस्था राम्रो छ त ? नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सचिव जित बहादुर मल्लले प्रश्न गरे ।
उनले लाईसेन्स प्राप्त गर्ने समयमै त्रुटि भएको बताए । ‘लाईसेन्स प्राप्त गर्नको लागि प्रशिक्षण सेन्टरहरुले त्यहि ट्राईल कटाउने मात्रै ज्ञान दिन्छन । जसले पछि सडकमा राम्ररी सवारी चलाउन सक्दैन । लाईसेन्स दिने उमेर पनि १८ बर्ष नै तोकिनु पर्छ ।’ सचिव मल्लले भने – ‘सवैले सडक दुर्घटना न्युनिकरणका लागि आ–आफ्नो ठाउँबाट प्रतिबद्धता जनाऔ ।’
पछिल्लो समय सवारी दुर्घटना बढ्दै गरेको तथ्याङ्कले देखाए पनि त्यसको न्युनिकरणका लागि भने खासै पहल भएको देखिदैन् । सवारी दुर्घटना हुँदा सबैभन्दा पहिले सवारी चालकलाई मुख्य दोषि देखाएर अन्य कारण ढाकछोप गर्ने प्रवृति कायमै छ । दैनीक जसो सवारी साधन दुर्घटना हुने भएपनि दुर्घटना किन भयो भन्ने बिषयमा खासै अनुसन्धान हुँदैन ।
चालकको लापरवाही र जनचेतनाको अभावलाई सडक दुर्घटना न्युनिकरणको प्रमुख उपाय मान्ने गरिन्छ । सवारी चाप अत्याधिक बढ्दा पनि त्यस अनुसार सडकको स्तारोन्नती भएको छ वा छैन ? सडक अनुसारका सवारी साधन छन वा छैनन् ? चालक सवारी साधन चलाउन योग्य छ वा छैन ? सडक मापदण्ड अनुसार बनिरहेका छन या छैनन् ? सडक नियमित मर्मत भएका छन या छैनन् ? सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही भएको छ वा छैन ? .....? लगायतका दुर्घटनाका कारणका बारेमा राज्य जानकार भएपनि यस सम्बन्धमा ठोस काम भने हुन सकेको छैन् । केहि काम भएपनि त्यो सिमित समयका लागि मात्रै हुने निरन्तरता नपाउँने गरेका छन ।
दैनीक सडकमा मानिसले ज्यान गुमाईरहदा पनि न त सडकमा भएका दुर्घटनाको कारण के हो भन्ने बिषयमा ठोस अनुसन्धान हुन्छ, न त त्यसको जिम्मेबारी कोले लिने भन्ने बिषयमा बहस नै हुन्छ । दुर्घटना पछि एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउँने श्रृङ्खला चलिरहेको छ । तर अधिकान्स दुर्घटनामा अहिले पनि साना सवारीले ठुला सवारी साधनलाई दोषि देखाउने परम्परागत अभ्यास पनि सडकमा चलिरहेको छ ।