धनगढी – राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशको महिला उम्मेदवार तुलसी देवकोटाले उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार प्रदेश निर्वाचन कार्यालय डोटीमा मनोनयन दर्ता गराएका हुन् ।
महिला सदस्यमा उम्मेदवारी दिएकी देवकोटाको प्रस्तावकमा सिताराम जोशी सिखर नगरपालिका प्रमुख र समर्थक लोकेन्द्र शाही सिखर नगरपालिका अध्यक्ष रहेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांगे्रसकै सुदूपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना (बैतडी) अन्य बाट उम्मेदवारी दर्ता गराएका छन । उनको प्रस्तावकमा लिला देवी बिष्ट रावल र समर्थकमा धैलीदेवी रावल रहेकी छन ।
त्यस्तै नेकपाबाट तारामान स्वार (अन्य) शारदा भट्ट (महिला) ले उम्मेदवारी दर्ता गराएका छन । तारामान स्वारको प्रस्तावकमा नन्द बहादुर साउँद रहेका छन भने समर्थकमा कमल बहादुर गड्सेरा रहेका छन । धैलीदेवी रावलको प्रस्तावकमा पुजा जोशी र समर्थकमा मन्जु मलासी रहेका छन ।
राष्ट्रिय सभाका उम्मेदवार तथा मतदान प्रदेशगत रूपमा हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभामा निर्वाचित ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्य रहन्छन । पदावधि भने गोलाप्रथाबाट टुंगो लगाइएको थियो । एक तिहाइ सदस्यको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि रहने संविधानमा उल्लेख छ । त्यही व्यवस्था अनुसार एक तिहाइ सभा सदस्यको दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । ती पदमा नयाँ आउने व्यक्तिको पदावधि ६ वर्ष हुने छ ।
कानुनअनुसार म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ निर्वा्चित हुनेले फागुन २१ बाट पदबहाली गर्नेछन् । नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जना सदस्यको पदावधि सकिन लागेको छ ।