अत्तरिया- सुदूरपश्चिम प्रदेशको कला , संस्कृति र भाषालाई संरक्षण एबम् सम्बद्धन गर्न र स्रष्टा तथा कलाकारको हक, हितका विषय उठानका गर्न सुदूरपश्चिम कलाकार मञ्च गठन गरिएको छ । सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै बिभिन्न बिधामा संघर्षरत कलाकारहरुलाई एउटै मञ्चमा राखेर संगठित गर्ने उध्ेश्यका साथ बुधवार काठमाण्डौको बाल्मीकी क्याम्पसमा भएको एक भेलाले यस क्षेत्रका कलाकारलाई समेटेर कलाकार मञ्च गठन गरिएको हो ।
उक्त भेलाले गीतकार राजेन्द्र शाह बिपीको अध्यक्षतामा ३१ सदस्यिय तदर्थ समिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष भुवन प्रकाश बिरही , महिला उपाध्यक्षमा शोभा थापा र खुल्ला उपाध्यक्षमा अराज केशव चयन हुनुभएको छ । यस्तै महासचिवमा भिम थापा , कोषाध्यक्षमा पुष्पा बोहरा र सचिवमा सुर्य विरही साउद चयन हुनुभएको छ ।
यस्तै मञ्चको सदस्यहरुमा चक्र बंम , टंक तिमिल्सेना, रवि ओड, शेर बहादुर साउद, रेखा जोशी, महेश औजी, बिनोद बाजुराली, बिक्रम चौहान, गौरी भट्ट , दुर्गा भट्ट निरूता खत्री, लाल बहादुर धामी, अर्जुन सुनाम, दिपक संगम बिसी, लक्ष्मि आचार्य, अनिता चलाउने, डिबी खड्का, मनोज सिंह धामी, महेन्द्र बिक, रामप्रसाद अवस्थी, नरेश बिबिसी, पशुपति खनाल, नवीन धामी र दिपा रोकाया चयन भएका छन् ।
पछिल्लो समय सुदुरपश्चिम प्रदेशका कलाकारहरुले आफ्नो गित संगित मार्फत यस क्षेत्रको भाषा , कला , सस्कृति , भेषभुषा र रहन सहनलाई देश तथा बिदेशमा चिनाउन सफल भएका छन् । नव गठित सुदूरपश्चिम कलाकार मञ्चले सुदुरपश्चिमका कला , संस्कृति र भाषालाई संरक्षण र कलाकारको हक, हितका विषय उठानका गर्न महत्बपुर्ण भुमिका खेल्ने कलाकारहरुले बिश्वास लिएका छन् ।