अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं. १ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड गेटाको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष भगवती पाठकको सभापतित्वमा आज सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले प्रमुख अतिथी रहनुभएको थियो भने साना किसान लघुवित्त वित्तिय संस्था अत्तरियाका प्रबन्धक बिष्णु प्रसाद कालाखेती बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । उनले बास्तवमा किसानहरु साना नभई सबैभन्दा ठुला भएको बताए । उनले किसान र मजदुरहरुको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरु संचालन भैरहेको बताए ।
'हामी किसान साना भन्छौ मजदुर साना भन्छौ कसले भन्यो साना सबै भन्दा ठुला भनेकै यो देशमा किसान र मजदुरहरु हुन् उनीहरुको रातदिनको मेहनतले आज हामी ताजा खाने कुराहरु खाईरहेका छौ , राम्रा महलहरुमा बस्न पाइरहेका छौ' उनले भने - 'तर अब हाम्रा किसान दाजुभाईहरुले कृषिलाई केहि अधुनिकिकरण गर्नुपञ्र्यो ।' उनले अब कृषिलाई परम्परागत भन्दा पनि बैज्ञानिक तबरले अगाडी बढाएर ब्यबसायीकरण गर्दै लैजानुपर्ने बताएका छन् ।
नगरपालिकाले पनि पहिलो प्राथमिकता कृषिलाई दिएको बताउदै उनले कुनै युवाले आफ्नै ठाउँमा कृषिमा केहि गर्ने सोच बनाएको भए नगरपालिका सहयोग गर्न तयार रहेको बताए । उनले अब बाह्रै मास तरकारी र फलफुलहरु राख्नका लागि गोदावरी नगरपालिकाले अत्तरियामा कोल्ड स्टोर निर्माण गरिरहेको समेत कार्यक्रममा जानकारी गराए ।
उनले सहकारी संचालन गर्न त्यति सहज नभएकाले संस्थालाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको समान जिम्मेवारी रहने बताए । उनले सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋिण लिने नगरी भबिष्यका लागि सोचेर केहि नयाँ कामको थालनि गर्नुपर्ने बताए । सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाहा पनि आफैले गर्नुपर्ने भन्दै उनले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुन आग्रह गरे ।
गरिबहरुको विकास गरिबहरुवाट नै गर्न सकिन्छ भन्ने मुख्य उध्ेश्यका साथ २०६० सालमा स्थानिय ३ सय ६५ जना शेयर सदस्यको २४ हजार शेयरपुँजी बाट सुरु भएको सहकारीमा हाल ५ हजार ५ सय ९४ जना शेयर सदस्यहरु रहेका छन् भने ३ करोड ८५ लाख ४६ हजार शेयरपुँजी रहेको छ । संस्थाले आर्थिक बर्ष २०७५ , ७६ मा ३७ करोड १७ लाख १८ हजार ३ सय ४४ रुपैया ७७ पैसाको कारोबार गरेकोमा १ करोड १८ लाख ६२ हजार ६ सय ४४ रुपैयाँ खुद नाफा कमाएको छ ।
गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका साविक गेटा , उर्मा , बेलादेवीपुर , फुलबारी गाविसको वडा नं १ देखी ९ सम्म संस्थाको कार्यक्षेत्र रहेको छ । संस्थाले साविकको फुलवारी , उर्मा र बेलादेवीपुर गाविसमा आफ्नो सेवा केन्द्र स्थापना गरि सेवा दिदै आएको छ भने यस बर्ष धनगढी उपमहानगरपालिका वडा नं १२ जुगेडामा सेवा केन्द्र स्थापना गरिने संस्थाका मुख्य प्रबन्धक नृप खड्काले जानकारी दिए ।
संस्थाले गत बर्ष सबै भन्दा बढि २४ जना शेयर सदस्यका छोराछोरीहरुलाई कृषि सम्बन्धि अध्ययनका लागि इजरायल पठाएको उनले बताए । संथाले प्रत्येक बर्ष कृषि सम्बन्धि अध्ययनका लागि शेयर सदस्याका छोराछोरीहरुलाई इजरायलमा पठाउदै आएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष भगवती पाठकले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने मुख्य प्रबन्धक नृप खड्काले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाको आन्तरिक लेखा परिक्षण प्रतिबेदन लेखा समितिकी संयोजक बिष्णु महराले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता , उत्कृष्ट समुह , इजराएलमा कृषिको अध्ययन गरि फर्किएर आफ्नै ठाउँमा कृषि पेशा अङ्गाल्दै आएका प्रशिक्षार्थी र ४० जना बृद्धा सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो । संस्थाकी उपाध्यक्ष देवी माया पाण्डेको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका मुख्य प्रबन्धक नृप खड्काले गरेका थिए ।