काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।
शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।
प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भसुाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् ।
यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
राष्टिय सभामा नेकपाका उम्मेदवारहरु
प्रदेश १ इन्दु गौतम (महिला) गोपी अछाम (दलित) देवेन्द्र दाहाल अन्य
प्रदेश–२ तुलसा दाहाल (महिला) राधेश्याम पासवान (दलित)
प्रदेश ३ मा गंगा वेल्वासे (महिला) वेदुराम भुषाल (अन्य)
गण्डकी नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला)
प्रदेश ५ विमला घिमिरे (महिला) जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक) गोपाल भटटराई (अन्य)
कर्णाली मायाप्रसाद शर्मा (अन्य) सुमित्रा विसि (महिला)
सुदुरपश्चिम तारामान स्वार (अन्य) शारदा भट्ट (महिला)