अत्तरिया - सुदूरपश्चिम प्रदेशको मुख्य केन्द्र बिन्दु रहेको कैलालीको अत्तरियामा यस क्षेत्रका बिभिन्न पर्यटकिय स्थलहरुलाई समेटेर तयार पारिएका बोर्डहरु राखिएका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी अत्तरिया उधोग बाणिज्य संघले गोदावरी नगरपालिका भित्र रहेका बिभिन्न पर्यटकिय स्थलहरु संगै सुदूरपश्चिमको मौलिकता झल्किने तस्बिर राखेर तयार पारिएका बोर्डहरु राखेको हो ।
प्रकृतिक सौन्दर्यताले भरिपुर्ण गोदावरी नगरपालिका भित्र आउने पर्यटकहरुलाई यस क्षेत्रका पर्यटकिय स्थलहरुको बारेमा जानकारी गराई स्वागत गर्नका लागि बोर्डहरु राखिएको अत्तरिया उधोग वाणिज्य संघका महासचिब यज्ञराज जोशीले जानकारी दिए ।
उनले भ्रमण बर्षलाई सफल पार्नका लागि उधोग वाणिज्य संघले अत्तरिया चोकको चारै कुनामा गोदावरी नगरपालीकाका विभिन्न पर्यटकिय स्थलहरु गोदावरी धाम, हनुमान मुर्ती, लामीतालका साथै यस क्षेत्रको मौलिकता झल्काउने थारुहरुको सखिँया नाँच, होरिनाँच, बाजुरेली भुवा नाँच, हुड्के नाँच लगायतका तस्बीर सहितका बोर्डहरु राखेको बताए ।
उनले गोदावरी नगरपालिकमा भित्रने पर्यटकहरुलाई उधोग बाणिज्य संघका तर्फवाट स्वागत गरिरहेको बताए । यस अघि पनि उधोग वाणिज्य संघले सुदूरपश्चिम प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियासंको समन्ब्यमा गोदावरी नगरपालीकाका विभिन्न स्थानमा भ्रमण वर्ष २०२० का बोर्डहरु राखेको छ ।
भ्रमण बर्षसंगै यस क्षेत्रको कला , सस्कृति , चालचलन , भेषभूषा लगाएत संरक्षण एबम् सम्बद्धन गर्नका लागि उधोग वाणिज्य संघले यहि पुस २७ गतेदेखी माघ ७ गते सम्म अत्तरियाको लामी ताल अगाडी 'सुदूरपश्चिम प्रादेशिक महोत्सव'को आयोजना गरेको अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए ।