भारतमा लोकसभा चुनाब अन्र्तगतको पहिलो चरणको मतदान आजवाट शुरु भएको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । यस पटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् ।
पहिले चरणमा उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानामा सबै लोकसभा सिटका लागि मतदान गरिने व्यवस्था मिलाइएको छ । साथै असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, महाराष्ट्र, मणिपुर, उडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा लोकसभाका केही सिटका लागि मतदान हुँदै छ ।
केन्द्रमा सरकार बनाउन ७ चरणमा निर्वाचन हुनेछ । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो । भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो ।
भारतमा भैरहेको लोकसभा निर्वाचन निर्वाचनलाई मध्यनजर गर्दै सुदुरपश्चिमसंग सिमा जोडिएका नेपाल – भारत सिमा नाकामा कडाई गरिएको छ । निर्वाचनलाई भनेर अत्तराखण्डसंग सिमा जोडिएका सिमानाहरुका तिन दिनका लागि बन्द रहेको छन् ।