अत्तरिया - ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ बुधवार देशभर मनाइएको छ । नेपाली कांग्रेसले देशभर अन्तकृया , गोष्ठी, आमसभा, याली, कोण सभा लगायतका कार्यक्रम गरी दिवस मनाएको हो । कांग्रेसले हरेक बर्ष पुस १६ गतेका दिनलाई पार्टीका संस्थापक बिपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको सम्झनामा ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै आएको छ ।
यता कैलालीको अत्तरियामा पनि मेलमिलाप दिवस मनाइएको छ । नेपाली कांग्रेस क्षेत्र नं ४ प्रदेश ख को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले पार्टीका संस्थापक बिपी कोइरालाले ल्याएको मेलमिलापको नितिका बारेमा बहस एबम् छलफल गरेका थिए ।
क्षेत्र नं ४ प्रदेश ख का सभापति खेम बहादुर साउँदको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारी प्रमुख अतिथी रहनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकको रक्षाका लागि जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बिपि कोइरालाका लगाएतका नेताहरुको नितिलाई नै अघि सारेर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले अहिलेको सरकार अधिनायकबाद तर्फ अघि बढिरहेको बताए । उनले अहिलेको सरकारले निरकुशं सासन लागु गर्दै जनताको बोल्न पाउने स्वातन्त्राको अधिकारमाथि अंकुश लगाउन खोजिरहेको बताए । उनले यसका बिरुद्ध लड्नका लागि कांग्रेस भित्रको आन्तरिक लडाईलाई बन्द गरी एकताका साथ अघि बढ्नुपर्ने बताए ।
'अहिले हाम्रो अबस्था यस्तो भएको छ , राम्रो भएन राम्रो भएन भन्दै हिन्छौ' उनले भने - 'अनि यसलाई सुधार गर्न के बाहिरको मान्छे आउँछ , अब हामीले नै यसलाई सुधार गर्दै पार्टि भित्रको गुट उपगुटको अन्त्य गर्न जरुरी छ ।' उनले आफु यसै क्षेत्रवाट चुनाव लडेको हुदा यस क्षेत्रको विकासका लागि निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गरे ।
उनले पार्टि भित्र देखिएको गुट उपगुटलाई अन्त्य गरी मेलमिलापको निति सहित अगाडी बढेमा आगामी चुनावमा कागे्रशको जित निश्चित रहेको धारणा राखे ।
कार्यक्रममा बोल्दै प्रदेश ख का सभापति खेम साउँदले राष्ट्रिय एकताका लागि बिपि लगाएतका नेताहरुले खेलेको भुमिकालाई सबैले आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए ।
उनले पछिल्लो समय पार्टिको अबस्था केहि बिग्रिरहेकाले बिपिले लिएको सोच र मेलमिलापको निति अबिलम्बन गर्दै सबैले एकताबद्ध भएर पार्टिलाई बलियो बनाउदै जानुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य डा. लक्ष्मीराज पाठक , पदमराज भट्ट महादिवेशन प्रतिनिधि गोपाल देउवा , महिला नेत्रि तुलसी देवकोटा र ने.वि.संघका बिधार्थी नेता पदमराज ओझाले मन्तब्य राखेका थिए । क्षेत्रिय कोषाध्यक्ष रमेश ताम्राकारले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन क्षेत्रिय सचिब डम्बर पालीले गरेका थिए ।