अत्तरिया- कैलालीको अत्तरियामा जारी अन्तर माध्यामिक बिधालय स्तरिय भलिबल प्रतियोगिता अन्र्तगत आज पाँच वटा खेलहरु सम्पन्न भएका छन् । आज बिहान भएको पहिलो खेलमा गोलादेउ आधारभुत बिधालय बन्देगडालाई हराउदै सुदुरपश्चिम मा.बि बनखेत बिजयी भएको छ । २३÷२५ , २५÷१७ र २५÷१४ अङ्कले सुदुरपश्चिम मा.बि बनखेत विजयी भएको हो ।
पराजित भएसंगै गोलादेउ आधारभुत बिधालय बन्देगडा खेलवाट बाहिरिएको छ । दास्रो खेलमा २५÷२१ ,२३ ÷२५ र २५ ÷२२ अङ्कका साथ नबयुग मा.वि लाई हराउदै एभरेष्ट एकेडेमी बिजयी भएको छ । पराजित भएको नबयुग मा.वि खेलवाट बाहिरिएको छ । तेस्रो खेलमा जे.के मा.विले लगातार दुवै सेटमा जित निकल्दै डाइमण्ड बोडिङ् स्कुललाई पराजित गरेको छ । डाइमण्ड बोडिङ् स्कुल पनि खेलवाट बाहिरिएको छ । चौथो खेल आयोजक सुदुरखबर अनलाईन मिडिया र शैलेश्वरी मा.वि बडेहा बिच रहेकोमा शैलेश्वरीले सुदुरखबर अनलाईन मिडियालाई वाकओभर दिएपछि आयोजकले स्वतह बिजयी भएको हो ।
आजै भएको सेमिफाईनल खेलमा सु.प मावि बनखेतलाई हराउदै एभरेष्ट एकेडेमी फाइनलमा प्रबेश गरेको छ । ५ सेटमा खेलाइएको सेमिफाइल खेलमा पहिलो सेटमा हरेपनि बाकि ४ सेटमा लगातार जित निकल्दै एभरेष्ट एकेडेमी फाइनलमा प्रबेश गरेको हो । भोलीको खेल दिउसो ३ बजे आयोजक सुदुरखबर मिडिया र जे.के मा.वि बिच हुने प्रचारप्रसार संयोजक नरेश योगीले जानकारी दिए ।
’स्वाभिमान र नैतिकवान बनौ , गोदावरी नगरपालिकालाई खेलकुदका माध्यामवाट चिनाऔ’ भन्ने मुल नाराका साथ सुदुरखबर अनलाईन मिडायाले आयोजना गरेको प्रथम अन्तर मा.बि स्तरिय भलिबल प्रतियोगिताको बिजेता हुने टिमले १८ हजार ५१ , दृतिय हुनेले ९ हजार ५१ , तृतिय हुनेले ५ हजार ५ सय ५१ र सान्तब्नाले ३ हजार ५ सय ५१ रुपैया नगद सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक प्रेम सिंह बिष्टले बताए ।
उनका अनुसार उत्कृष्ट ५ जनालाई आर्कषक पुरस्कारको ब्यबस्था गरिएको छ । लिग चरणका आधारमा खेलाइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि १० वटा टिमको सहभागिता रहेको छ । खेलहरु सुदुरपश्चिम माध्यामिक बिधालय बनखेतको खेल मैदानमा भैरहेका छन् ।