धनगढी – व्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड कार्यक्रममा उनीहरुलाई बर्षका उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । खेलकुद पत्रका मञ्च कैलालीले आयोजना गरेको अवार्ड अन्तरगत बर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका खड्ग वोहोरा र भारात्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा व्याटमिन्टनका दाहाल उत्कृट घोषित भएका हुन् ।
उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए भने उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाड बनेका थिए । प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि दाहालले स्वर्ण पदक जितेका थिए । साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए । जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल भएका थिए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए ।
बर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविता कुँवरले भने गत जनवरीमा थाइल्याण्डमा भएको टि–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिन सफल भएकी थिईन् । उनी नेपालका लागि ११ ट्वान्टी–२० अन्तराष्ट्रिय खेलममा ९ विकेट लिन सफल भएकी छिन् । प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पु¥याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पीयन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिईन् ।
बर्षको उत्कृष्ट युवा खेलाडी भने भारात्तोलनका सागर भण्डारी भएका छन् । सुदुरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ बर्षपछि स्वर्ण पदक जिताउने खेलाडी रहेका उनी बर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भएका हुन् । उनले गत बर्ष खेलेको खेलमा आफ्नै प्रशिक्षक जीवन गौतमले दिलाएको स्वर्ण पदकको खडेरी तोड्न सफल भएका थिए । उनले सुनिललाल मेमोरियल कपमा भारात्तोलन प्रतियोगितामा स्वर्णमाथि कब्जा गरेका थिए । जुनियर तौल समुहमा एसियन गेममा समेत उनी सहभागी भएक थिए । बर्षको उत्कृष्ट प्रशिक्षक भने भारात्तोलनका जीवन गौतम भएका छन् । कोरियामा भएको एसियन सिनियर कप भारात्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कास्य पदक जिताउन सफल गौतमलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो । यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ । आफ्नो तीन बर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो । कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्ती भएर २०७६ असोज १४ गते कार्यकाल सम्पन्न गर्नुभएका दिपकवहादुर सिंहले आफ्नो कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदलाई उत्कृष्ट तेस्रो बनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा धेरै काम गर्नुभएको छ । फाप्ला मैदान निर्माणको वजेट विनियोजनदेखि लिएर ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको छ ।
खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष सौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम गर्नुभएका सिंहकै पालामा ठुला र प्रतिष्ठित प्रतियोगिताको सुरुवात समेत भएको छ । देशकै सर्वाधिक धनराशीको खप्तड गोल्डकप पनि उहाँकै पालामा सुरुवात भएको हो लाईफ टाईम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ । उनलाई क्रिकेट र फुटवलमा लामो समइसम्म योगदान दिए बापत लाईफ लाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो। अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी सहित प्रदान गरिएको छ । अवार्डका संयोजक प्रदिप पाठकले चार विधाका खेलाडीलाई नगद २५ हजार र लाईफ टाईम तथा स्पेशस अवार्ड विजेतालाई १० हजार नगद सहित सम्मान गरिएको बताए ।
कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी विशेष अटोमोबाईल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका थिए । त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका थिए। मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका थिए भने प्रवद्र्धकको रुपमा सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेका थिए ।
त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार र भेनु पार्टनरको रुपमा ओम प्यालेस रहेका थिए ।