अत्तरिया – संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले थुपै राम्रा काम गरिरहेकाले पार्टी भित्रैकै डेढ अक्कले साथिहरुले फौलाउने भ्रममा नपर्न कार्यकताएलाई आग्रह गरेका छन । मंगलबार नेकपाको गोदावरी नगरकमिटिले अत्तरियामा गरेको स्वागत तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम मन्त्री बाँस्कोटाले बिभिन्न स्वार्थका लागि बखेडा खडा गर्ने पार्टी भित्रकै साथिहरुको भ्रममा नपर्न आग्रह गरे ।

‘कहिले कहिले पार्टी भित्रकै डेढ अक्कले बनेर के स्वार्थ हुन्छ मिलाउन नसकेर अर्को–अर्को बखेडा खडा गर्नु हुन्छ, त्यसैले यस्ताको भ्रममा नपर्नुहोला ।’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने – ‘सरकार पार्टीकै दिशा निर्देशबाटै बनेको हो । यो पार्टीको दार्शनिक मुल्य यो पार्टीको राजनीतिक प्रर्णाली यो पार्टीको विचार धाराको श्रृङ्खला, यो पार्टीले हिजो देखि उठाउँदै आएका मुलभुत प्रजातान्त्रीक, लोकतान्त्रीक, आन्दोलनका मुलभुत देशभक्त चरित्रको जग भित्र यो सरकार बनेको छ भनेपछि सरकार छुटै, पार्टी छुटै भनेर परिभाषित गर्न खोज्नु हुँदैन । शत्रु शत्रुको सम्बन्ध होईन । नङ र मासुको जस्तो सम्बन्ध हुनु पर्छ ।’ अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम दोह¥याएर नै डेढ अक्कले साथिको पछाडी नलाग्नु भनेका मन्त्री बास्कोटाले कुन साथि भनेर नाम भने खुलाएनन् ।
उनले सरकार एकै जनाको बृता नहुँने बताउँदै, कोही १०/१० पल्ट सांसद मन्त्री हुनुपर्ने कसैले चियाएर पनि हेर्न नहुँने भन्ने नहुने बताए । उनले बिशिष्ट भुमिका खेल्ने नेतालाई सधै सम्मान नै भएको बताए ।
मन्त्री बास्कोटाले यो सरकारले ईतिहासमै पहिलो पटक सीमाका बिषयमा भारतलाई कुटनीतिक नोट पठाएको बताए । ‘आजसंम्म कुनै पनि सरकारले सीमाका बिषयमा कुटनीतिक नोट पठाउन सकेको थिएन । त्यो चुच्चे नक्सा यस अघिनै मिचिएको थियो । मैले चुच्चे नक्सा देखेको थिएन । त्यसको तात्पर्य त्यो चुच्चे नक्सा हाम्रो होईन भन्ने होईन ।’ मन्त्री बाँस्कोटाले भने । उनले भारतले पनि नेपाल संग २ प्रतिशत सीमा बिवाद छ भनेर भनिसकेको र हामीले पनि छ भनेका छौ त्यसैले उसकोे मतलब सामाधान गर्नु पर्छ भन्ने नै भएको जिकिर गरे । उनले सीमाका बिषयमा सरकारले केहि गरेन भनेर उकास्नेको पछि नलाग्न आग्रह गरे ।
‘हाम्र्रै साथिहरु पनि केहि गरेन भनेर उफ्रने गरेका छन । उफ्रेर मात्रै हुँदैन । यसमा एकैचोटि आवेगमा आएर हुँदैन । यसको मतलब हामी कसैसंग झुक्नु पर्छ भन्ने छैन ।’ मन्त्री बास्कोटाले भने – ‘आकार प्रकार भुगोल सामरिक क्षमता सैन्यशक्ती वा आर्थिक अवस्थाले कुनै पनि देशको सार्वभौमसत्ताको न्यायिक सम्मान गर्दैन । सार्वभौमसत्ता कसैको पनि सानो र ठुलो हुँदैन ।’