अत्तरिया – साना किसान कृषि सहकारी सस्था श्रीपुरको २३ औं साधारण सभा सम्पन्न भएको छ । आईतबार भएको साधारण सभाको गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले उद्घाटन गरेका छन । साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख साउँदले साना किसान कृषि सहकारी सस्थाले कृषि क्षेत्रको विकासका लागि महत्तपुर्ण भुमिका खेलेकोमा प्रसन्सा गरे । उनले गोदावरी नगरपालिकाले पनि कृषि क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिएर काम गरिरहेको बताए ।
‘हामी कृषिलाई रोजगारको माद्यम बनाउनु पर्छ, कृषिलाई व्यवस्थापन गर्नु पर्छ भन्ने मान्यताका साथ अगाडी बढेका छै ।’ नगरप्रमुख साउँदले भने – ‘अहिले पनि सुदूरपश्चिम प्रदेशमा अत्याधिक मात्रामा खाद्य पदार्थ भित्रिईरहेका छन । अहिले करिब ४ अरब ६४ करोडको खाद्य पदार्थ भित्रिईरहेको छ । त्यसैले अब कृषिको विकासका लागि वैज्ञानीक र आधुनिकरण गर्न आवश्यक छ । आफू संग भएको जग्गा सदुपयोग गर्न आवश्यक छ ।’ उनले गोदावरी नगरपालिकाका बिभिन्न वडाहरुमा पकेट क्षेत्र बनाएर काम अगाडी बढाउन सकिने बताए ।
नगरप्रमुख साउँदले किसानहरुले उत्पादन गरेका बस्तुले बजार नपाउने गरेको गुनासो आएकाले त्यसका लागि गोदावरी नगरपालिका किसानले उत्पादन गरेका बस्तु बिक्रि हुने वातावरण मिलाउन तयार रहेको बताए ।
उनले अत्तरियामा रहेको फलफुल तथा तरकारी हाटबजारबाट गोदावरी नगरपालिकामा उत्पादन भएका कृषिजन्य बस्तुको बजारीकरण गर्न सकिने बताए । नगरप्रमुख साउँदले भने –‘हामी जनप्रतिनिधि आएपछि अत्तरियामा रहेका हाटबजारलाई व्यवस्थापन गर्न लागेका छौ । हाटबजारमा सित भण्डार निर्माण गर्नु पर्छ भनेर अगाडी बढेका छौ ।’
कार्यक्रममा गोदागरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नरेश बहादुर अधिकारीले सहकारीले नाफा आर्जन गर्ने तर्फ लाग्नु भन्दा पनि अब किसानहरुलाई कसरी माथि उकास्न सकिन्छ भनेर लाग्नु पर्ने बताए । ‘कसरी सहकारीमा आवद्ध सदस्यलाई रोजगार दिन सकिन्छ । किसानलाई कसरी माथि उठाउन सकिन्छ भनेर सहकारीले लाग्नुपर्छ ।’ अध्यक्ष अधिकारीले भने – ‘सहकारीमा आवद्धलाई ऋण दिएर उत्पादन गर्न मात्रै नलगाएर किसानले उत्पादन गरेको बस्तुको बजारीकरणको व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक छ ।’
कैलालीको गोदावरी नगरपालिका ८ मा रहेको सहकारी भवनको प्राङगणमा भएको साधारण सभामा सहकारीका अध्यक्ष राम प्रसाद चौधरीले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले परम्परागत कृषि प्रणालीलाई व्यवसायिक र आधुनिकरण गर्ने बताएका थिए । उनले सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने, गरिब किसानहरुलाई संगठित गराई सहकारिताको माद्यमबाट उनीहरुको जिवनस्तर उकास्ने बताए ।
उनले केहि दिनमै धनगढी उपमहानगरपालिकाको ११ र १३ वडामा कार्यक्षेत्र रहने गरी सहकारीको शाखा बिस्तार गरिने बताए ।
त्यस्तै लेखा समिति संयोजक चक्र बहादुर बलमे लेखा प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७५÷०७६ मा सस्थाको कुल ३५ करोड ६२ लाख ८५ हजार २ सय ६४ रुपौयाँको कारेबार गरेकोमा सस्थाको कुल नाफा ८३ लाख ४० हजार ८ सय ८८ रहेको जानकारी गराए । सस्थाको आन्तरीक लेखा प्रतिबेदन लेखा समितिका सदस्य प्रेम राज पाठकले प्रस्तुत गरेका थिए ।
साधारण सभामा पशुबिमा समितिका अध्यक्ष फल राम चौधरीले पशु बिमा प्रतिबेदन प्रस्तुत गरेका थिए । पशु बिमा प्रतिबेदन प्रस्तुत गर्दै चौधरीले हालसम्म सहकारी मार्फत ४ सय ४३ किसानका ६ सय १ पशुको पशुबिमा गरिएको बताए । उनले चालु आर्थिक बर्षमा १५ सय पशुको पशु बिमा गरिने जानकारी दिए । साधारण सभा कार्यक्रमको संचालन सहकारीका प्रमुख प्रबन्धक टेक राज भट्टले गरेका थिए ।
कैलालीको श्रीपुरमा २०५३ सालमा स्थापना भएको सहकारीको गोदावरी नगरपालिकाका ६,७,८ र ९ तथा धनगढी उपमहानगपालिकाका ११ र १३ वडामा कार्यक्षेत्र रहेको छ । ३५ जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ३ हजार ५ सय ९० जना सेयर सदस्य रहेका छन ।