धनगढी - प्रदेश कै पुरानो बिधालय त्रिनगर माध्यमिक विद्यालयले शुक्रबार ४३ औं बार्षिकोत्सव धुमधामका साथ मनाएको छ । बार्षिकोउत्सव कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अबसरमा बोल्दै नगरप्रमुख वडले त्रिनगर बिधालयले दुईबर्षको अविधीमा धनगढीको नमुना विद्यालयको सूचीमा पर्न सफल भएको भन्दै विद्यालय ब्यबस्थापन समिति , प्रअ तथा विद्यालय प्रशासनलाई धन्यवाद दिए। नगरप्रमुख वडले त्रिनगर माध्यमिक विद्यालयमा आफुले अध्ययन गरेको हुनाले पनि बिधालयलाई गर्नु पर्ने सबै सहयोग गरिने
प्रतिबद्धता जनाए । नगरप्रमुख वडले पढाईको गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले शैक्षिक शत्र २०७५ को बार्षिक प्रतिवेदन,आय–ब्यय रआर्थिक बर्ष ०७६÷०७७ को अनुमानित आय ब्यय प्रस्तुत गरे ।
आगामी आर्थिक बर्षमा बिद्यालयको पढाई गुणस्तरमा थप सुधार ल्याउने, विद्यालयमा सिसि क्यामेरा जडान गर्ने, विद्यालयको सपिङ्ग कम्प्लेक्सको बक्यौता असुलीलाई निरन्तरता दिने, धनगढी उप–महानगरपालिकाको सहयोगमा ८ कोठे विद्यालय भवन निर्माण गर्ने, हाट बजारको अतिक्रमित ६४३ नम्वरको कित्ता भोगचलनमा ल्याउने र दुर्गमका विद्यार्थीका लागि होस्टेलको ब्यबस्था गर्ने लगाएतका कार्यक्रम प्रतिवेदनमा राखिएका छन् ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बिसीले त्रिनगरको पढाईको गुणस्तर सुधार गर्नु आफ्नो टिमको प्राथमिकताको बिषय भएको बताए । कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेब भट्ट, नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भिमबहादुर बलायर लगायतले शुभकामना मन्तब्य राखे ।
बर्षे बिदाको तलवबाट विद्यार्थीलाई छात्रबृती
त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपाल सिंह खड्काले आफुले पाउने बर्षे बिदाको तलवबाट विद्यालयमा रहेका जेहन्दार विद्यार्थिलाई छात्रबृती दिएका छन् ।प्रधानाध्यापक जेहन्दार छात्रबृतीको नामबाट ४ जना विद्यार्थीलाई जनही ६ हजारका दरले उपलब्ध गराउने गरेको प्रअ खड्काले बताए । बर्षिकोत्सव कार्यक्रममा जेहन्दार विद्यार्थीलाई छात्रबृती उपलब्ध गराएको उनले बताए । यो छात्रबृती कक्षा ८, ९, १० बाट विद्यालयबाट उत्कृष्ठ हुने विद्यार्थीलाई उपलब्ध गराउने गरेको बताए । कक्षा ११ मा जुनसुकै विद्यालयबाट आएर पनि यस विद्यालयमा उत्कृष्ठ हुने विद्यार्थीले यो छात्रबृती पाउने बताईएको छ ।त्यसैगरी बिभिन्न ब्यक्तिहरुले स्थापना गरेका पुरस्कारहरु समेत बार्षिकोत्सव कार्यक्रममा प्रदान गरिएको छ । विद्यालयमा योगदान पु¥याउने ब्यक्तिहरु पनि सम्मानित भएका छन् ।