धनगढी – देशकै सर्वाधिक धनराशीको खप्तड गोल्डकपको चौथो संस्करणको आयव्यय विवरण सार्वजनिक गरिएको छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै गत बर्षको चौथो संस्करणको आयव्यय विवरण सार्वजनिक गरिएको हो । ०७५ पुस २४ गतेदेखि माघ ५ गतेसम्म आयोजना भएको गोल्डकपको १ करोड एक लाख ६ हजार ६ सय ४५ रुपैयाँ वरावरको आयव्यय विवरण क्लबका महासचिव प्रकाश शाही द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतियोगिता आयोजनाका लागि एक करोड एक लाखभन्दा वढी खर्च भएपनि आम्दानी भने त्यो अनुसार हुन सकेको छैन् । खर्च तर्फ पुरस्कारमा ३६ लाख, खेलाडी भत्ता तथा यातायातमा साढे ३६ लाख अस्थायी प्याराफिट निर्माणमा ५ लाख छपाई स्टेशनरी व्यानर छपाईमा ५ लाख उद्घाटन समापन तथा अतिथि सत्कारमा ४ लाख वढी रकम खर्च भएको जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
रेफ्री खर्चमा सवा तीन लाख खेल मैदान मर्मत सम्भारमा दुई लाख, विज्ञापन प्रचार प्रसारमा पौने तीन लाख पोहाक डे«समा एक लाख सुरक्षामा डेढ लाख, आयोजक टीम तयारीमा पौने तीन लाख स्थानीय यातायातमा सवा एक लाख तथा अन्य विभिन्न खर्च गरी एक करोड एक लाख ६ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको आयव्यय विवरणमा राखिएको छ । तर खर्च अनुसारको आम्दानी नहुँदा झण्डै १९ लाखभन्दा वढी गोल्डकपबाट घाटा भएको छ ।
मुख्य प्रायोजकबाट १२ लाख, टिकट विक्रीबाट १५ लाख, राखेपबाट ८ लाख, व्यानर प्रायोजबाट साढे ७ लाख, एभरेष्ट एकेडेमी अत्तरियाबाट ६ लाख, धनगढी उपमहानगरपालिकाबाट ५ लाख, जगदम्बा ईन्टरप्राईजेजबाट ४ लाख, गोदावरी नगरपालिकाबाट ३ लाख, स्वेता टेड्रिङ लिंकबाट एक लाख ८५ हजार आम्दानी भएको सार्वजनिक आयव्यय विवरणमा राखिएको छ । त्यसैगरी एकेन्द्र कुँवरबाट ढाई लाख, निसर्ग अस्पताल, कैलाली अस्पताल, भागेश्वर ग्रुप, धनगढी उपमहानगरपालिका वडा नम्बर ३, आर के कन्ट्रक्सन, बाट एक एक लाख आम्दानी भएको छ ।
व्यानर प्रायोजकबाट अझै साढे ८ लाख रकम उठ्न बाँकी रहेको छ । त्यसैगरी गोल्डकप गर्नका लागि सापटी लिईएको १९ लाख ३१ हजार रकम पनि तिर्न बाँकी रहेको छ ।