बाजुरा – जिल्ला प्रहरी कार्यलय बाजुराले अवैध रुपमा बन्यजन्तुको सिकार गरी राखेको जंगली जनावरको छाला सहित बन्यजन्तुको चोरी शिकार गर्ने ७ जनालाई हतियार सहित प्रक्राउ गरेको छ । उनिहरूलाई बुढिन्नदान नगरपालिका पाण्डुसेनबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् ।
प्रक्राउ पर्ने बुढिन्नदा नगरपालिका ८ का ५९ बर्षिय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामि, १९ का पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वी बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनिहरु बाट ४ थान भरुवा बन्दुक बरामत गरेको छ । बल बहादुर बोहरा, दले कामि, कबिन्द्र बोहरा र मनिचन्द्र बोहरा बाट एक एक थान भरुवा बन्दुक बरामत गरेको डिएसपी उद्धबसिं भाटले वताएका छन् ।
साथै प्रहरीले कबिन्द्र बोहराको घर बाट अबैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला बरामत गरेको छ । जंगली जनवार थारा, घोरल, रतुवाको छाला ५ थान फेला पारेको छ । प्रक्राउ गरेको सबै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर छानबिन शुरु गरेको छ । प्रक्राउ परेका ७ जनालाई मुलुकि अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरी कानुनी कार्यवाहि अगाडी बढाएको छ । उक्क्त कानुनमा ५ बर्ष सम्म कैद र ५० हजार जरिवानाको ब्यबस्था रहेको छ ।
हिमाली भेगमा हिमँपात सँगै चोरी शिकार बढेपछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरी प्रमुख भाटका अनुसार प्रहरीको गस्ती बढाएको र सम्भाबित क्षेत्रमा सर्च गर्ने गरेको वताए । हिमाली भेगमा हिमँपातको समयमा चोरि शिकारी हुने गरेको छ । हिमँपात भएपछि तल्लो भेगमा बन्यजन्तु झर्ने, चिसोमा बढि मात्रामा बन्यजन्तुलाइ बन्दुक, पासो र कुकुरको प्रयोग गरेर मार्न गरेको पाईएको छ ।
शिकार गर्न हिमँपातका बेला सजिलो हुने भएको र चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ति बढाएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराले बडिमालिका, बुढिन्नदा, दहकोट, मनाकोट र हिमाली गाँउपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । बन्यजन्तुको सम्भाबित बासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डिएसपि उद्धब सिं भाटले वताएका छन् । चोरि शिकारी हुन सक्ने सम्भाबना र अर्को जोखिममा परेको बन्यजन्तुको उद्धारका लागि प्रहरीको गस्ती बढाएको उनले वताए ।
लेकाली भेगमा हिमपात भए संगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्ररुपमा हुन थालेको छ । हिउंमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली क्षेत्रका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गर्दछन । धेरै जसो गाविसमा बन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झालर, थार, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेका छन ।