बझाड– जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले कक्षा ८,९ र १० को अर्ध बार्षिक परिक्षा गाउँपालिका स्तरिय गर्ने भएको छ । विद्यालयको कार्यसम्पादनको गुणस्तर मापन गर्न र शिक्षा क्षेत्रको सुधार गर्नका लागि आवश्यक नीति तर्जुमा गर्नका लागि गाउंँपालिकाले यस्तो निणर्य गरेको बताइएको छ ।
‘विद्यालयहरुले आफै परिक्षा संचालन गर्ने, आफै उतरपुस्तिका जांच गर्ने, आफै नतिजा प्रकाशन गर्ने अहिलेको जुन प्रणाली छ । हाम्रो गाउँंपालिकाले यसमा समस्या देखेको छ’ गांउँपालिका अध्यक्ष अक्कल बहादुर धामीले भने ‘यसो हुदां शिक्षण सिकाई प्रक्रिया प्रभावकारी हुन सकेको छैन । गांउँपालिकाको शिक्षाको अवस्था झन् झन् विग्रन थालेकोले हामीले यो निर्णय गरेका हौ’ उनले गाउंँपालिका स्तरिय परिक्षा हुन थाले पछि विद्यालयबिच शैक्षिक सुधारका लागि प्रतिस्पर्धा हुने बताए ।
सात वटा केन्द्ध र १६ वटा विद्यालयका करिब १ हजार ५ सय विद्यार्थी सहभागी हुने परिक्षा संचालन र व्यवस्थापनका लागि गाउपालिकाले ३ लाख रकम समेत विनियोजन गरेको उनले बताए ।
गाउंपालिका स्तरिय परिक्षा संचालन गर्ने निणर्य गर्नुको कारणबारे बताउँदै वडा नं २ का वडा अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विकास कुमार अयडीले भने ‘विद्यालयले मनपरी परिक्षा शुल्क असुल्न थालेकै कारण कतिपय निम्न आर्थिक अवस्थाका विद्यार्थीहरुले विचैमा पढाई नै छोड्ने गरेको पाइयो । विद्यार्थी संख्या कम भएका विद्यालयहरुले त आधारभुत प्राथमिक कक्षाका विद्यार्थीहरुबाट समेत चर्काे परिक्षा शुल्क असुल्ने भएका कारण धेरै समस्या उत्पन्न भएको हाम्रो अध्ययनले देखायो । अब गाउंपालिका स्तरिय परिक्षा संचालन हुने भए पछि यस्ता समस्याहरु स्वत समाधान हुने छन ।’
विद्यार्थीले परिक्षा शुल्क तिर्न नपर्ने गाउंँपालिकाको निर्णय अत्यन्तै प्रशंशनिय र गरिब तथा विपन्न जनताको हितमा भएको विद्यार्थी तथा अभिभावकहरुले प्रतिक्रिया दिएका छन । ‘गांउँपालिकाको यो निर्णयले यहांको शिक्षा क्षेत्रमा निकै ठुलो परिर्वतन ल्याउने आसा छ’ स्थानिय लोकेन्द प्रकाश गिरीले भने ‘गांउँपालिकाका सबै विद्यालयको गुणस्तरको अनुगमन सबैले गर्न सक्ने खालको वातावरण तयार त हुने नै छ । परिक्षा शुल्क तिर्न नसकेर पढाई छोड्नु पर्ने बाध्यताबाट गरिब परिवारका विद्यार्थीहरुले मुक्ती पाउने छन’
गाउँपालिकाले परिक्षाको लागी प्रश्नपत्र तयार गर्ने, परिक्षा संचालन गर्ने, उत्तरपुस्तिका जांच गर्ने लगायतका तयारी पुरा भैसकेको बताउदै गाउपालिकाका गाउँ शिक्षाका समितिका अध्यक्ष विकास कमार अयडीले भने पौष १ गते बाट संचालन भएको परिक्षा ९ गते सम्पन्न हुने बताए ।