अत्तरिया - कैलालीको अत्तरियामा सुदुरखबर अनलाईन मिडियाको आयोजनामा सोमवारदेखी सुरु भएको अन्तर माध्यामिक बिधालय स्तरिय भलिबल प्रतियोगिता अन्र्तगत आज सात वटा खेलहरु सम्पन्न भएका छन् । आज बिहान भएको पहिलो खेलमा दुर्गालक्ष्मी नमुना मा.विलाई हराउदै शैलेश्वरी मा.वि बिजयी भएको छ ।
शैलेश्वरी मा.विले पहिलो सेटमा २५÷२१ र दोस्रो सेटमा २५÷१६ अङ्कले लगातार जित हात पारेको हो । दोसा्रे खेलमा आयोजक सुदुरखबर मिडियाले डाइमण्ड बोडिग स्कुललाई पहिलो सेटमा २५÷१९ र दोस्रो सेटमा २५÷२३ अङ्कले हराउदै जित निकालेको छ । तेस्रो खेलमा खप्तड बिधा निकेतनलाई हराउदै एभरेष्ट एकेडेमी बिजयी भएको छ ।
पहिलो सेटमा २५÷१७ , दोस्रो सेटमा २३÷२५ र तेस्रो सेटमा २५÷१६ अङ्कले हराउदै एभरेष्ट एकेडेमीले जित निकालेको हो । यस्तै आज दिउसो भएको चौथो खेलमा दुर्गालक्ष्मी नमुना मा.विलाई हराउदै जे.के मा.बि बिजयी भएको छ । पराजित भएसंगै दुर्गालक्ष्मी नमुना मा.बि खेलवाट बाहिरिएको छ । यसैगरि खप्तड बिधा निकेतन पनि खेलवाट बाहिरिएको छ ।
आज भएको पाचौ खेलमा गोलादेउ आधारभुत बिधालय बन्देगडाले खप्तड बिधा निकेतन हराएको हो । छैठो खेलमा गोलादेउ आधारभुत बिधालय बन्देगडालाई २५÷१४ , २२÷२५ र २५÷१८ अङ्कले हराउदै एभरेष्ट एकेडेमीले लगातार दोस्रो जित हात पारेको छ । आजको अन्तिम खेलमा शैलेश्वरी मा.विलाई २५÷२१ र २५÷१७ अङ्कका साथ हराउदै जे.के मा.वि बिजयी भएको छ ।
प्रतियोगिता अन्तर्गत भोली (बुधवार) चार वटा खेलहरु हुने प्रचार प्रसार संयोजक नरेश योगीले जानकारी दिए । उनका अनुसार बिहान ७ बजे पहिलो खेल सुदुरपश्चिम मा.वि बनखेत र गोलादेउ आधारभुत बिधालय बन्देगडा बिच हुने छ भने दोस्रो खेल ९ बजे जे.के मा.बि र डाइमण्ड बोडिग स्कुल बिच हुने छ ।
यस्तै तेस्रो खेल १० बजे एभरेष्ट एकेडेमी र नवयुग मा.बि बिच र अन्तिम खेल आयोजक सुदुरखबर मिडिया र शैलेश्वरी मा.वि बिच हुने संयोजक योगीले जानकारी दिए । ’स्वाभिमान र नैतिकवान बनौ , गोदावरी नगरपालिकालाई खेलकुदका माध्यामवाट चिनाऔ’ भन्ने मुल नाराका साथ सुदुरखबर अनलाईन मिडायाले आयोजना गरेको प्रथम अन्तर मा.बि स्तरिय भलिबल प्रतियोगिताको बिजेता हुने टिमले १८ हजार ५१ , दृतिय हुनेले ९ हजार ५१ , तृतिय हुनेले ५ हजार ५ सय ५१ र सान्तब्नाले ३ हजार ५ सय ५१ रुपैया नगद सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक प्रेम सिंह बिष्टले बताए ।
उनका अनुसार उत्कृष्ट ५ जनालाई आर्कषक पुरस्कारको ब्यबस्था गरिएको छ । लिग चरणका आधारमा खेलाइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि १० वटा टिमको सहभागिता रहेको छ । खेलहरु सुदुरपश्चिम माध्यामिक बिधालय बनखेतको खेल मैदानमा भैरहेका छन् ।