धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले औषधी खरीद गर्न आह्वान गरेको टेण्डर स्वीकृतिमा आर्थिक चलखेल र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
मन्त्रालयले आह्वान गरेको टेण्डरमा कुनै एकजना आपुर्तिकर्तालाई मात्रै टेण्डर पर्ने गरी मुल्यांकन गरिएकोले अक्तियारमा उजुरी परेको हो ।
खरीद ऐनको मापदण्ड बिपरित मुल्यांकन गरि मन्त्रालयले दुई करोड भन्दा कम मुल्यको आपुर्तिमा आफु निकट ब्यवसायीलाई मात्रै आपुर्तिका लागि सहज हुने गरी टेण्डर मुल्यांकन गरेकोले त्यस्तो मुल्यांकन खारेज गरी टेण्डर प्रक्रिया रद्द गरी अर्को प्रक्रिया अपनाउन माग गर्दै बिभिन्न औषधी आुपर्तिकर्ताहरुले उजुरी गरेका हुन् ।
सामाजिक विकास मन्त्रालयले केही दिन अघि बिभिन्न औषधी, अस्पतालमा आवश्यक उपकरण र अक्सिजन प्लान्टका लागि गरेको टेण्डरमा सार्वजनिक खरीद ऐनको प्रावधान बिपरित पूर्व योग्यताको प्रमाणपत्र मागेर कम मुल्यमा टेण्डर हालेका आपुर्तिकर्तालाई अयोग्य बनाएर महङ्गो मुल्यमा आपुर्ति गर्नेलाई टेण्डर पारिएको छ ।
उजुरीकर्ताहरुले यी सबै बिबरण राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको केनद्रीय कार्यालयमा उजुरी हालेका हुन् ।मन्त्रालयले आव्हान गरेको २ करोड ४० लाखको औषधीको टेण्डरमा विट गर्ने फर्मले कुनै एक निकायमा १ करोड ७४ लाखको मुल्य आपुर्ति गरेको हुनुपर्ने भनिएको छ।
मन्त्रालयले नै २ करोड ८८ लाखमा आव्हान गरेको उपकरणमा कम्तिमा एक करोड ५० लाख मुल्य बराबरको कारोवार भएको हुनुपर्ने बुँदा समावेश गरिएको छ। त्यसैगरी एक करोड ६८ लाखको औषधी, एक करोड ८६ लाखको अक्सिजन प्लान्ट र साढे ७ करोडको एम्बुलेन्स खरिदको टेण्डरमा पनि विभिन्न बुँदाहरु राखेर ईच्छाएको फर्म र व्यक्तीलाई दिने गरी व्यवस्था मिलाईएको आपुर्तिकर्ताहरुको आरोप छ।