अत्तरिया - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०७६ सम्पन्न भएको छ । ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गत मंसिर २२ गतेदेखी सुरु भएको महोत्सवको आईतबार भब्यताका साथ सम्पन्न भएको हो ।
महोत्सबको धनगढी उप महानगरपालिका नगरप्रमुख नृप वडले समापन गरेका हुन् । महोत्सवको समापन कार्यक्रममा बोल्दै मेयर वडले महोत्सवले यँहाको स्थानीय कला, संस्कृति , भेषभुषा ,चालचलन लगाएतको संरक्षण एबम् सम्वद्धन गर्न र पर्यटन प्रवद्धन गर्नमा टेवा र्पुयाएको बताए । उनले महोत्सबले समर्ग सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै प्रदेशको आर्थिक विकास , ब्यापार ब्यासायमा बृद्धि , पर्यटन प्रवर्द्धनलाई टेवा सँगै एकतामा बलियो बनाएको बताए ।
उनले उनले धनगढीमा बृहत प्रर्दशनी स्थल नभएको अबस्थामा प्रर्दशनी स्थल निर्माणका लागि पहल गर्ने आश्वासन दिए । २०६३ साल देखी हरेक बर्ष महोत्सबको आयोजना गर्दै आएको कैलाली उधोग वाणिज्य संघले यस बर्ष सोचेभन्दा बढि राम्रो तरिकाले महोत्सब सफल भएको बताएको छ । दैनिक जसो महोत्सब अबलोकन गर्नका लागि सुदूरपश्चिम प्रदेशका साथै छिमेकी राष्ट्र भारतवाट पनि दर्शकहरु प्नि आएका थिए । महोत्सब सोचे भन्दा बढि सफल भएको आयोजक कैलाली उधोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँबरले बताए ।
उनले नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा महोत्सबले भ्रमण बर्षलाई पनि सफल पार्न महत्वपुर्ण भुमिका खेलेको विश्वास ब्यक्त गरे । उनले धनगढीमा राम्रो प्रर्दशनि स्थल नहुदा महोत्सव आयोजना गर्न समस्या हुने गरेको बताए । महोत्सव अबधिभर भित्र राखिएका ३ सय स्टलहरूवाट १२ करोडको कारोबार भएको कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम बिष्टले जानकारी दिए ।
महोत्सव अवधिभर ५ लाख दर्शकहरूले अवलोकन गरेको उनले बताए । महासचिव बिष्टका अनुसार टिकटबाट मात्रै ८० लाख रकम सङ्कलन भएको छ । निरन्तर रुपमा संचालन भएको महोत्सब एक दिन भने वर्षाले प्रभावित भएपछि सबैको मागलाई मध्यनजर गर्दै यस बर्ष महोत्सबको अवधि ४ दिन थप गरिएको थियो । जस अनुसार महोत्सव १५ दिन चलेको थियो ।
स्थानीय कला, संस्कृति तथा खानाका परिकारहरूका साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सवमा ३ सयभन्दा बढी स्टल,कृर्षि प्रदर्शनी र विभिन्न रमाइलो मेलाको व्यवस्था गरिएको थियो ।