धनगढी-धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरीय बृद्धिचाल प्रतियोगिता हुने भएको छ । कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा आगामी पुस २५ गतेदेखि २७ गतेसम्म धनगढीमा प्रदेश स्तरीय बृद्धिचाल प्रतियोगिता हुने भएको हो । संघले शनिबार पत्रकार सम्मेलन आयोजना गरि सो कुराको जानकारी दिएको हो । चेस खेलौ बढाउ मित्रताको भावना, भ्रमण बर्ष सफल पारौं यही हाम्रो चाहना भन्ने नाराका साथ हुने प्रतियोगितालाई सुदुरपश्चिम प्रदेश बुद्धिचाल संघले प्राविधिक सहयोग गर्नेछ ।
विभिन्न तीन विधामा हुने बुद्धिचाल प्रतियोगिताका खेलाडीहरुलाई झण्डै एक लाख तीन हजार नगद पुरस्कार दिईने नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य धनवहादुर वोगटीले जानकारी दिए । उनका अनुसार खुल्ला अन्तर्गत प्रथमदेखि सातौं स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार दिईनेछ । प्रथम हुनेले नगद २५ हजार, दोस्रोले नगद १५ हजार, तेस्रो हुनेले नगद १० हजार, चौथो हुनेले नगद ७ हजार, पाँचौ हुनेले नगद ५ हजार, छैठौं हुनेले नगद ३ हजार र सातौं हुनेले नगद दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी विद्यार्थी तर्फ प्रथमदेखि पाँचौ स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । पहिलो हुनेले नगद ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार, चौथो र पाँचौ हुनेले नगद एक एक हजार पुरस्कार पाउने केन्द्रिय सदस्य बोगटीले बताउनुभयो । महिला तर्फका उत्कृष्ट तीनले पनि नगद पुरस्कार पाउने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पहिले हुनेले नगद ५ हजार, दोस्रो हुनेले नगद ३ हजार र तेस्रो हुनेले नगद २ हजार पुरस्कार पाउनेछन् । दुई लाख वढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभरीका ७० जनाभन्दा वढी खेलाडीको सहभागीता रहनेछ । धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तथा सुदुरपश्चिम बुद्धिचाल संघका कार्यवहाक अध्यक्ष बाबुराजा श्रेष्ठ, कैलाली जिल्ला वृद्धिचाल संघका अध्यक्ष जितवहादुर मेपछाकी लगायतको सहभागीता रहेको थियो ।