अत्तरिया - कैलाली कञ्चनपुरमा जटिल समस्याका रुपमा रहेको छाडापशु चौपायको दिगो ब्यबस्थापनका लागि गोदावरी नगरपालिकाका स्थानियहरु बिच छलफल भएको छ । बिश्व हिन्दु महासंघ गोदावरी नगर कमिटिको आयोजनामा भएको छलफल सहभागीहरुले बिगत ३्४ बर्षदेखी यस गोदावरी नगरपालिकामा मुख्य समस्याका रुपमा रहेको छाडापशु चौपायले स्थानियहरुलाई निकै दुख दिन थालेकाले यिनको दिगो ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका हुन् ।
गोदावरी नगरपालिका वडा नं २ मा रहेको राधाकृष्ण मन्दिरमा विहिवार भएको उक्त छलफल कार्यक्रममा गोदावरी नगरपालिकाका बिभिन्न वडाका स्थानियहरुले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा बोल्दै गोदावरी २ का स्थानिय एबम् कागे्रश नेता खेम साउँदले छाडापशु चौपायको दिगो ब्यबस्थापनका लागि सबैले आ आफ्नो क्षेत्रवाट लाग्नुपर्ने बताए ।
उनले गोदावरी नगरपालिकाले उचित निर्णय लिन नसक्दा अहिले पनि स्थानियहरुले दिनरात दुख पाइरहेकाले अब यसको दिगो ब्यबस्थापनका लागि प्रदेश र स्थानिय सरकारले तदारुकताका साथ लाग्नु पर्ने बताए । यस्तै गोदावरी २ का स्थानिय डिल्लीराज खत्रीले छाडापशु चौपायले गर्दा नगरबासीको गाँस बास सबै उडाएको बताए ।
उनले सबै नगरबासीले आ आफ्नो पालिरहेको गाईगोरुको उचित संरक्षण गर्न सक्नुपर्ने बताए । उनले यो समस्या नगरबासी आफैले खडा गरेकाले सबैभन्दा पहिला आफुले आफ्नो घरमा रहेका गाईगोरुहरु काम लाग्दा सम्म राख्ने र पछि छोड्ने परम्परालाई तोड्नुपर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै गोदावरी ४ का स्थानिय गोरख खड्काले देवीका रुपमा पुजिदै आएको गाईलाई बजारमा ल्याएर छोड्ने कार्य बन्द गरेमा मात्रै समस्याको समाधान हुने बताए ।
उनले घरका गृहणीले दुध दिदा सम्म घरमा स्याहारसुसार गरेर राख्ने र दुध दिन छोडेपछि बजारमा ल्याएर छोड्ने परम्परा देखिएकाले सबै भन्दा पहिला यस्तो कार्य बन्द गरिनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै गोदावरी २ मा रहेको गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष्य पदमराज ओझाले छाडापशु चौपायको दिगो ब्यबस्थापनमा स्थानिय सरकारको ध्यान जान नसकेको बताए । उनले निर्वाचनका बेला प्रमुख एजेण्डा बनाएका जनप्रतिनिधिहरुले अहिले निर्वाचित भएको आधा कार्यकाल सम्म पनि समाधानको उपाय निकाल्न नसक्नु दुखको कुरा भएको बताए । उनले स्थानिय सरकारले नसकेमा यसको जिम्मा निजि संघसंस्थाहरुले लिने बताए ।
बिश्व हिन्दु महासंघले छाडाचौपायको दिगो ब्यबस्थापनका लागि गरेको सुरुवातको स्वागत गर्दै यसमा सबैले हातमा हात काधमा काध मिलाएर अघि बढ्दा एक दिन पक्कै सफल हुने बताए । कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष राज प्र। जोशीले घरमा गौ माताको पुजा गरिने तर बजारमा ल्याएर छोड्ने कार्य बन्द गरिनुपर्ने बताए ।
यस्तै गोदावरी नगरपालिक भित्रका स्थानियहरुले पालेका पशुहरुको लगत संकलन गरी घरवाट बाहिर छोड्ने घरधनीलाई कारबाहीको दायरमा नल्याएसम्म यो समस्या समाधान नहुने उनको भनाई छ । उनले गाईबस्तुको वनमा चर्न पाउने अधिकारी सुनश्चित गरी बर्षौदेखीको जटिल समस्याको अन्त्य गर्न स्थानिय सरकारसंग संगै विश्व हिन्दु महासंघको पनि साथ रहने बताए ।
कार्यक्रममा विश्व हिन्दु महासंघका गोदावरी नगरकमिटि अध्यक्ष विश्वनाथ ओझाले छाडाचौपायका ब्यबस्थापनका लागि गोदावरी नगरपालिका वडा नं २ वाट अभियानको सुरुवात गरिरहेको बताए । उनले २ नं वडामा रहेका एक सय छाडागाइगोरुको ब्यबस्थापन गर्ने जिम्मा आफुले लिने र बाकि सबैले आ आफ्नो वडामा ब्यबस्थापन गर्न सके चाडै समस्या समधान हुने बताए । उनले छाडाचौपाय ब्यबस्थापनका लागि खाली जमिनको खोजी गर्ने , जनचेतना मुलक सन्देश सहित महायज्ञको आयोजना गरिने र संम्बन्धित निकाय संग समन्ब्य गर्ने लगाएतका निर्णयहरु गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएका गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशीले आफु निर्वाचित भए देखी छाडापशु चौपायको समस्या न्युनिकरण गर्न निरन्तर लागि रहेको बताए । उनले छाडापशु चौपायको ब्यबस्थापनका लागि वडा कार्यालय , नगरपालिकाले थुप्रै प्रयासहरु गरिरहेको भएपनि समस्या दिनप्रतिदिन जटिल बन्दै गएको बताए ।
उनले यो समस्या गोदावरी नगरपालिकाको मात्रै नभएर कैलाली र कञ्चनपुरकै समस्या भएकाले यसमा जनस्तरवाट सहयोग आवश्यक रहेको बताए । उनले विश्व हिन्दु महासंघले गरेको पहिलो पहल स्वागतयोग्य रहेकाले आफु र आफ्नो वडाको तर्फवाट गर्न सकिने सहयोग सधैब गर्न तयार रहेको बताए ।