अत्तरिया - कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा नियमित रचना वाचन कार्यक्रम ‘प्रतिभा संङ्गम’ सम्पन्न भएको छ । पुस्तकालयको आयोजनामा प्रत्येक महिनाको अन्तिम शनिवारका दिन हुने ‘प्रतिभा संङ्गम’ आज मंसिर महिनाको श्रृङ्खला सम्पन्न भएको हो ।
यस क्षेत्रमा रहेका नवप्रतिभावान साहित्यकार, कलाकार , प्रतिशाली बिधार्थीहरु लगाएतको कलालाई उजागर गर्दै आफ्नो धर्म सस्कृति र समाजप्रति उत्तरदायी बनाइराख्न नया ज्ञान सिप प्रदान आदानप्रदान गर्ने उध्ेह्श्यका साथ सामुदायिक पुस्तकालयमा नियमित रचना वाचन कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा सहभागी कलाकार तथा साहित्यकारहरुले आ–आफना कला–साहित्य , गीत–गजल एवम् रचनाहरु प्रस्तुत गर्नुका साथै अत्तरिया क्षेत्रका विभिन्न प्रतिभाशाली विद्यार्थीहरुले लोक नृत्य प्रस्तुत गर्नुका साथै नाटक समेत मञ्चन गरेका थिए ।
कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष एवम् कवि कृष्ण पनेरु ‘वञ्चित’ , संस्थापक सदस्य एवम् साहित्यप्रेमी कुमार प्रसाद निरौला, वरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारी, गुराँस ऐकेडेमीका शिक्षक एवम् साहित्यकार खेम बतास, लोक कलाकार कमल सिंह नेपाली, प्रसिद्ध बासुरी वादक दलबहादुर मल्ल, साहित्यप्रेमी विश्वनाथ कापडी जोशी लगायतको उपस्तिथी रहेको थियो ।
अत्तरिया क्षेत्रमा रहेका बिभिन्न बिधालयहरुमा अध्यनरत करिव ८० जना विद्यार्थीहरु सहभागी कार्यक्रमको सञ्चालन ‘प्रतिभा संङ्गम’ कार्यक्रमका सञ्चालक सदस्य एवम् ज्ञान ज्योति ई.बोर्डिङ्ग स्कूलका शिक्षक राजन आचार्यले गर्नु भएको थियो ।