अत्तरिया - नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कैलालीको दोस्रो जिल्ला अधिबेशन शनिवार धनगढीमा सम्पन्न भएको छ । नेल्टा कैलालीका अध्यक्ष शंकर बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कागे्रशका केन्द्रिय सदस्य एबम् पूर्व मन्त्री रमेश लेखक प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेश सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता डा. रण बहादुर राबल , प्रदेश सभा सदस्य डिल्लीराज पन्त , बाजुराको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बहादुर बडुवाल, काग्रेश कैलाली जिल्ला सचिब दिपक राज जोशी र नेल्टाका केन्द्रिय अध्यक्ष जनक बहादुर राबल बिशिष्ट अतिथी रहनुभएको थियो । दोस्रो जिल्ला अधिबेशनवाट हंस बहादुर बुढाको अध्यक्षतामा १३ सदस्यि नयाँ कार्य समिति चयन गरिएका गरिएको छ । जसको उपाध्यक्षमा सञ्जु राना , सचिबमा मान बहादुर चौधरी , सह सचिबमा यशोदा कुमारी सिंह , कोषाध्यक्षमा सियाराम चौधरी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा चन्द्र बहादुर सुनार , समिर चौधरी, चादनी अबस्थी , संगिता चौधरी, कविता चौधरी , खडक बहादुर बोहरा , भरत कुमार ओली र शेर सिंह ठकुरी निर्वाचित भएका छन् । नयाँ पदाधिकारीहरु सबै सर्वसम्मत निर्वाचित भएका हुन् । पशुहरु स्वास्थ्य सेवाका लागि रातदिन खटिरहने प्राबिधिकहरुको संगठन रहेको नेल्टामा आफुलाई अध्यक्षको जिम्मेवारी दिने सबैलाई धन्यवाद दिदै नवनिर्वाचित अध्यक्ष हंस बहादुर बुढाले संगठनलाई आगाडी बढाउन र पशु प्राबिधिकहरुका हक हितका लागि आफुले निरन्तर काम गर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघका केन्द्रिय पदाधिकारीहरु , भुमि ब्यबस्था ,कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिम प्रदेशका महाशाखा प्रमुख डा. हेम अबस्थी , नेपाल भेटनरी एसोसियसन सुदूरपश्चिम प्रदेश संयोजक एबम् पशु सेवा तालिम केन्द्र धनगढीका प्रमुख बसन्त बहादुर सिंह , पशुपन्छि अन्बेशषण प्रयोगशाला धनगढीका प्रमुख डा. बिष्णु रिजाल , नेपाल निजामती कर्मचारी युनियन संघ सुदूरपश्चिम संयोजक नारायण प्रसाद शर्मा , टे्रड युनियन कागे्रश कैलालीका अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह , नेपाल पशुपन्छि औषधि ब्यबसाय संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष कविराज भट्टले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार हेमराज भट्टले गरेका थिए ।