काठमाडौं – नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू भागमा बिहीबार भारी हिमपात हुने सम्भावना रहेको छ । बुधबार साँझ नेपालको पश्चिमी भू भागबाट निम्न चापिय प्रणालीको प्रवेश गरे सँगै मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार बिहान ६ बजे निकालेको बुलेटिनमा देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू भागमा समेत हल्का देखि मध्यम हिमपातको हुने उल्लेख गरेको छ ।
’न्युन चापिय प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ ।’ बुलेटिनमा भनिएको छ, पश्चिमी भू भागका धेरै स्थानमा, मध्य र पूर्वी भू भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।’
बुधबारबाट सुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने छ । महाशाखाले उच्च पहाडी र हिमाली भू भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुँदा तापक्रममा गिरावट हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तो छ मौसम पूर्वानुमान
बिहीबार
देशभर सामान्यदेखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ ।
शुक्रबार
देशभर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागहरुमा भारी हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ ।
शनिबार
देशभर आंसिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडीसहित हिमाली भू भागहरुमा मध्यम हिमपात हुने सम्भावना छ ।