धनगढी -सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजदेखी सुदूरपश्चिम महोत्सब सुरु भएको छ । सुदूरपश्चिमको कला ,सस्कृति , उधोगधन्दा , पर्यटन ब्यापार आदिलाई प्रबद्धन गर्ने उदेस्यका साथ कैलाली उधोग बाणिज्य संघले हरेक बर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सब आईतवार एक भब्य समाहोरका बिच पूर्व उपप्रधानमन्त्री एवम् नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले उद्धघाटन गरे । ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सब १० दिनसम्म संचालन हुनेछ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल समक्ष सात बुँदे माग राख्दै सात किलोको माला लगाइएको थियो । उधोग बाणिज्य संघले धनगढीको गेटा विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा विकास गर्दै बैकल्पिक अन्र्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्नुपर्ने , सेती प्रादेशिक अस्पताललाई सुबिधा सम्पन्न क्षेत्रिय अस्पतालको रुपमा स्तोरोउन्तनी गरिनुपर्ने , बिषेश औधोगिक क्षेत्रको स्थापना गरिनुपर्ने , सुदूरपश्चिममा उधोग स्थापनाका लागि प्रोत्साहन स्वरुप १० बर्ष सम्म कररहित क्षेत्र घोषणा गरिनुपर्ने , गौरीफन्टा नाकालाई अन्तराष्टिय नाकाका रुपमा विकास गरि सुदूरपश्चिम प्रदेशका चिनसंग जोड्ने नाकाहरु खेलिनुपर्ने , प्रदेशस्तरिय पर्यटन केन्द्रका लागि खप्तड , शुल्लाफाटा , घोडाघोडी लगाएका क्षेत्रमा पुर्वाधार विकास गरिनुपर्ने र महोत्सब प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने भन्दै ७ बुदे मागहरु राखेको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा १४ वर्ष देखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुदै आएको छ । महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि आदि तथा बाल उद्यान सहित तीन सय बढि स्टल रहेको आयोजकले जानकारी दिएको छ । मेलाका लागि विभिन्न २६ वटा उप–समितिहरु समेत गठन गरिएको छ । महोत्सवमा प्रकाश सपुत, प्रमोद खरेल, रामकृष्ण ढकाल, मञ्जु पौडेल, नविन पौडेल, चक्र बम, रामचन्द्र काफ्ले, राजेशपायल राई, पशुपति शर्मा, चेतन बोहरा, टंक तिमिल्सेना लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारले महोत्सवमा आफ्नो प्रस्तुती राख्ने आयोजकले जनाएको छ । यस वर्ष महोत्सवमा करिव ३ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरीएको छ ।