अत्तरिया – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासलाई तिब्र गतिमा अगाडी बढाउन काम सुरु भईसकेको बताएका छन । शनिबार गोदावरी, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिकाले कैलालीको अत्तरियामा आयोजना गरेको स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री भट्टले औद्योगिक क्षेत्रको विकासलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर बिभिन्न तहमा छलफल सुरु भईसकेको बताए ।
उनले सुदूरपश्चिममा रहेका औद्योगक क्षेत्रको विकासका लागि पनि विशेष रकम विनियोजन गरेर काम अगाडी बढाईने बताए । ‘लम्कीको लुलेझाडी , कन्चनपुरको दौजी–छेला, धनगढी–गेटा औद्योगिक करिडोर व्यवस्थित गर्न बिशेष रकम विनियोजन गर्ने र दोधारा चाँदनी औद्योगिक करिडोरको सम्भाव्यता अद्ययनको काम सुरु भएको छ ।’ मन्त्री भट्टले भने – ‘सुख्खा बन्दरगाहका बारेमा पनि भारत सरकारको सहसचिव स्तरमा छलफल अगाडी बढीसकेको छ । यसको लागि गुजरातमा रहेको बन्दरगाह भारतले प्रयोग गर्न दिन सहमती भएको छ । वनारस सम्म नेपालको भण्डा राखेर जहाज चलाउन दिने सहमती भएको छ ।’
उनले कैलालीको हरैया क्षेत्रलाई पनि बिशेष आर्थिक क्षेत्र बनाउनको लागि पहल सुरु भएको बताए । मन्त्री भट्टले भने –‘पहिले नै हामीले हरैयामा सेज बनाउने भने पनि त्यो कहिन कहि हराएको थियो । अब त्यसलाई पुनः अगाडी बनाउनु पर्छ भनेर पहिले तयार भएको फाईल खोज्न लगाएको छु ।’
उनले हिजोको सत्ताको आखाँबाट हेरेर अहिलेको सरकारले के ग¥यो भन्ने मानसिकता त्याग्न पनि आग्रह गरे । ‘हिजोको सत्ता गाविस, जिविस, नगरपालिका भएको केन्द्रिय सत्ताको ईकाई थियो । अहिले तिन ओटा सत्ताहरु ठुलो संघर्स जनयुद्ध जनआन्दोलनबाट राजनीतिक परिवर्तमा मात्रै नभएर सत्ताको परिवर्तन गरेका छौ ।’ मन्त्री भट्ले भने –‘हिजोका दिनमा २००७ साल देखि ०४७ साल सम्म राजनीतिक परिवर्तन हुन्थे तर सत्ताको परिवर्तन भएको थिएन् । तर अहिले हामी सत्तामै परिवर्तन गरी संघियतामा गएका छौ । लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । तिन तहको सत्ता निर्माण भएको छ । यसलाई हामीले सहि ढंगले बुझेनौ भने हिजोकै ईकाईमा बुझ्यौ भने समस्या त्यहिबाट सुरु हुन्छ ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले अहिले विकासको जग हाल्ने काम भईरहेको बताए । ‘अब हामी आर्थिक समृद्धको यात्रामा अगाडी बढीसकेका छौ । अहिले समृद्ध नेपाल सुखि नेपालीको नारा सहित नयाँ ढंगको विकासको मोडेल बनाउने र संग संगै विकासका योजनाहरु पनि अगाडी बढेका छन ।’ मन्त्री भट्टले भने ।
उनले सुदूरपश्चिममा रहेका राष्ट्रिय गौरवका थुप्रै आयोजनाले पनि गति लिएको दावी गरे । मन्त्री भट्टले भने – ‘रानिजमरा सिचाई योजनाको काम अगाडी बढेको छ, महाकाली सिचाई योजना पनि तेस्रो चरणमा प्रवेश गरेको छ । गेटा मेडिकल कलेज पनि तिब्र गतिमा निर्माण भईरहेको छ । खुटिया दिपायल फास्ट ट्रयाक , महाकाली लोकमार्ग, सेती लोकमार्ग मद्य पहाडी लोकमार्ग लगायतका योजनाहरु पछिल्ला चरणमा तिब्र गतिमा काम भईरहेका छन ।’
‘ प्याजको सिजन छ यसको खेती गरौ, यसले आपुर्तिमा सुधार गर्छ’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले अहिलेको व्यपार घाटा कम गर्नका लागि उद्यमी बन्न आवश्यक रहेको बताएका छन । उनले अहिले बजारमा सबैभन्दा महङ्गो भएको तरकारी प्याज लगायतका तरकारी खेति गरी आयात घटाउन सकिने बताए । उनले अहिले महङ्गो भएको तरकारी प्याज खेती गर्ने समय भएकाले यसको खेती गर्न सम्पुर्ण किसानहरुलाई आग्रह समेत गरे । ‘अहिले बजारमा सबैभन्दा महङ्गो चिज प्याज भएको छ । यो समस्या संग जुध्नका लागि हामीले अहिले प्याजको सिजन छ । मैले संघिय सरकारको कृषि मन्त्रालय संग पनि अनुरोध गर्ने र यहाँको कृषि मन्त्रालय र मुख्य मन्त्री संग पनि भनेको छु । हामी प्याज उत्पादन गरौ । जसले धेरै प्याज उत्पादन गर्छ त्यसलाई विशेष अनुदान दिउँ भनेको छु ।’ मन्त्री भट्टले भने – ‘उत्पादन भएको प्याज किन्ने जिम्मा आफ्नो मन्त्रालयको हो । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगत नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी छ जसले अहिले धान किने जस्तै प्याज पनि किन्छ ।’
मन्त्री भट्टले भने – ‘तपाई हामी सबैले धेरै नसके पनि आफ्नो घरमा पुग्ने तरकारी प्याज उत्पादन गरौ । जुन कुरा सामान्य लागे पनि त्यसले देशकै व्यपार घाटा कम गर्छ । सानोबाट सुरु गरौ सरकारले के ग¥यो के गरेन भन्ने भन्दा पनि हामी आफै पनि सक्रिय हौ र नपुगको कुरा सरकार संग भनौ ।’

कैलालीको क्षेत्र नम्बर ४ अन्तरगतका गोदावरी, गौरीगंगा र चुरे गाउँपालिकाले आयोजना गरेको स्वागत सम्मान तथा बधाई कार्यक्रममा नवनियुक्त मन्त्री भट्टलाई पालिकाहरुले मायाको चिनो समेत प्रदान गरेका थिए । गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदको अद्यक्षतामा भएको स्वागत सम्मान तथा बधाई कार्यक्रममा गौरिगंगा नगरपालिकाका नगरप्रमुख भिम बहादुर देउवाले स्वागत मन्तव्य राखेका थिए ।