धनगढी – जलवायु मैत्री कृषि नमूना सिकाई कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा सम्पन्न भएको कार्यशालामा उदयपुरको बेलका नगरपालिकामा भएको नमूना कृषि अभ्यासका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका धनगढी उप महानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले कृषिको अनुदान वास्तबित कृषक सम्म अझै पनि पुग्न नसकोेको बताएका छन । उनले अहिले पनि पहुच हुने र टाडाबाठाले मात्रै सरकारी स्तरबाट पाउने अनुदान पाईरहको बताए ।
धैरै झन्जटिकला कानुनले गर्दा ग्रामिण भेगका किसानले सेवा पाउन नसकेको बताउँदै उनले सजिलो मोडेलमा गएर कृषिको विकास गर्न सकिने बताए ।
‘हलो जोत्ने किसानलाई नभएर प्लेनमा घुम्ने टाईसुट लगाउँने किसानलाई अनुदान दिएका छौ । वास्तविक सत प्रतिशत किसानले यो राज्यबाट सुबिधा पाएको छैनन । २/४ अक्षर लेख्ने, कागजपत्र मिलाउनेले ऋण पनि पाएका छन, किसानले पाउने सुबिधा पनि पाएका छन । अनी उनीहरुले काम गरेका छैनन् । अनी कसरी हुन्छ कृषिको विकास ।’ मेयर वडले भने –‘अब कागज पत्र नै नचाहिने गरी बास्तबिक किसानलाई नमुनाको रुपमा अगाडी ल्याएर कृषिको विकास गर्नु पर्छ ।’
उनले धनगढी उपमहानगरपलिका कृषिको विकासका लागि सधै लागिपरेको बताए । उनले धनगढी उपमहानगरपालिकाबाट कृषिको कुन मोडेलमा काम गर्न सकिन्छ त्यसको लागि छलफल गर्न आफू तयार रहेको बताए ।
गौरिगंगा नगरपालिकाका मेयर भिम बहादुर देउवाले कृषिका कार्यक्रम अब किसानको खेतमै पुग्न आवश्यक भएको बताए । उनले कृषिमा लगानि धेरै भएपनि पाउनु पर्ने प्रतिफल आउन नसकेको बताए । पछिल्लो समय अनुदानका लागि समूह बनाउने कार्य बढेकाले यसलाई रोक्न आवश्यक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मत्रालयका कृषि महाशाखा प्रमुख खगेन्द्र प्रसाद शर्माले कृषि क्षेत्रको विकासका लागि एकद्धार प्रणाली लागु भए सहज हुने बताए । स्थानिय, प्रदेश र संघिय सरकारले छुट्टाछुटै नीति कार्यक्रम ल्याउनु भन्दा पनि तिनै तहको एकै प्रकारको नीति भए कृषि क्षेत्रका समस्या समाधान गर्न सहज हुने बताए ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले कृषि नमूना सिकाईको मुख्य उद्देश्य किसानहरुको वर्गिकरण तथा पहिचान सहितको विकास गर्ने रहेको बताए । उनले किसानहरुको वर्गिकरण गरी परिचय पत्र वितरण गर्न सके मात्रै सरकारी अनुदान प्रणालीलाई व्यवस्थित तथा लक्षित समुदायको पहुच बढाउन सकिने बताए । ‘कृषि नमूना सिकाई अन्तरगत अहिले उदयपुरको बेलका नगरपालिकाले अभ्यास गरिरहेकोले यसले कृषिको विकासको लागि धेरै टेवा पुगको छ ।’ अध्यक्ष बस्नेतले भने –‘यस कृषि नमूना सिकाई देशैभरी लागु गर्न सके कृषिको विकासले फड्को मार्न सक्छ ।’
उनले महासंघ मार्फत सरकार समक्ष किसानका मुद्धा पटक पटक उठाएको भएपनि सुनुवाई हुन नसकेका बताए । उनले सरकारलाई के गर्न सकिन्छ भनेर पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि महासंघले नमुनाको रुपमा कृषिको अभ्यास गरेको बताए । ‘सरकारले अनुसरण गर्न सक्ने गरी नमुना बनाएका छौ । यो नमुना समुदायका किसानहरुले नै बनाएका छन ।’ अध्यक्ष बस्नेतले भने ।
उनले अहिले बेलका नगरपालिकाका किसान उत्पादन गरेका कृषि उपज बिदेशमा समेत निर्यात गर्ने गरेको बताए । बेलका नगरपालिकामा अहिले ४ रंग भएको परिचय पत्र वितरण गरेर सोहि अनुसार किसानलाई अनुदान दिईने गरेको बताउँदै अध्यक्ष बस्नेतले अन्य ठाउँमा पनि यस पद्धती अनुसार किसानको बर्गिकरण गरी अनुदान लगायतको सेवा सुबिधा बाडफाड गर्न सकिने बताए ।
उनले राष्ट्रिय कृषक समूह महासंघ नेपालले देशभरी गठन भएका कृषक समूह, किसान संघ, संगठन संग सहकार्य गरी पद्धति अनुरुप क्षमता विकास गरी साना, महिला, सिमान्तकृत र भूमिहिन किसानका पक्षमा वकालत गर्ने बताए ।
उनले किसानका पेशागत समस्याका सवाललाई सम्बोधन गराउनको लागि पैरवी गदै आएको बताए । ‘मुख्यरुपमा किसान पहिचान वर्गीकरण, परिचयपत्र सहित सामाजिक सुरुक्षा, एक पालिका एक प्राबिधिक, कृषि र पशुपक्षिं बिमा, कृषिको पुर्नसंरचना, सुलभ व्याजदरको कृषि ऋण , जग्गा भाडामा लिई खेती गर्ने नीतिगत व्यवस्था लगायतका बिषयमा किसानको पक्षमा पैरवी गर्दै आएका छौ ।’ अध्यक्ष बस्नेतले भने ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश बहादुर थापाले किसानलाई अनुदान मात्रै दिएर नपुग्ने बताए । उनले अनुदान संगै किसानले उत्पादन गरेको बस्तुको बजार पनि सुनिश्चितता हुनुपर्ने बताए । ‘किसानहरुले उत्पादन गरेको बस्तु बिक्रि नै नहुँने समस्या कायमै छ । भारतबाट अबैध रुपमा आउने कृषिजन्य बस्तुले पनि नेपाली किसान मारमा परेका छन ।’ अध्यक्ष थापाले भने ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश बहादुर थापाको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रमका प्रमुख अतिथि धनगढी उप महानगरपालिकाका नगरप्रमुख नृप बहादुर वड रहेका थिए । कार्यक्रमको संचालन राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका सचिव पुर्ण सिंह साउँदले गरेका थिए । कार्यक्रमका कृषि संग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।