बाजुरा – जिल्लाको दुर्गम क्षेत्रमा रहेको गौमुल गाउँपालिका अधिकाँस वडाहरुमा टेलिफोन सुविधा नहुदाँ त्यस ठाँउका बासीन्दाहरुले रुखको हाँगामा चढेर फोन गर्नु पर्ने बाध्यता रहेको छ ।
टेलीफोन गर्नाको लागी घरबाट घण्टौ बाटो हिडेर गाउँमा रहेको थुवा डाँडामा रहेको ठुलो रुखको हाँगामा चढेर फोन गर्नु पर्ने बाध्याता रहेको स्थानीय जनक रोकायाले बताए । उनले गाउँमा कुनै पनि ठाँउमा टेलिफोनको टावरले काम नगर्ने भएकोले गाउँबाट घण्टौ बाटो हिडेर थुवा डाँडाको रुखको हाँगामा चढेपछी मात्र फोन लाग्ने भएकोले गाउँका सबै मान्छे फोन गर्नाको लागि त्यही डाँडामा गएर फोन गर्नु पर्ने बाध्याता रहेको बताए ।
गौमुल गाउँपालिकाका अम्लिस, अन्द्राडी, माडी, पौदाली, मलदुगुन, तलदुगुन, पात्या, ग्रर्जाया, बेरी लगाएतका स्थानहरुमा टेलिफोन सुविधा नभएको स्थानीय राजेश रोकायाले बताए । उनले गाउँमा टेलीफोन सुविधा नहुँदा आफूहरु सञ्चारबाट बेखवर भएको बताए । रोकायाले फोन गर्नाको लागि मात्रै घण्टौ बाटो हिडेर थुवा डाँढा पुग्नु पर्ने बाध्याता रहेको बताए ।
यता गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले गौमुल गाउँपालिका सबै वडाहरुमा यो वर्ष भित्र टेलिफोन सेवा पु¥याईसक्ने बताए । उनले नेपाल टेलिकम नमस्तेको टावरको लागि साविकको दहकोट गाविसको दुर्गाली डाँडामा टावरका लागि सोलार पाता देखि अन्य सबै सामान पुगीसकेकाले अवको केही दिन भित्र जडान गर्ने बताए । अध्यक्ष रोकायाले भने ‘यो वर्ष भित्र आफ्नो पहिलो प्रथामीकता भनेको गौमुल गाउँपालिकाका सबै ठाँउहरुमा टेलिफोन सेवा सञ्चालन गर्ने हो । आफू सोही उदेश्यका साथ लागि रहेको छु ।’
दुरसञ्चार क्षेत्रीय कार्यालय अत्तरियाका निर्देशक नामकर न्यौपानेले भने बाजुराको दहकोटमा एक वर्ष पहिला नै टेलीकम टावर निमार्ण गरी सक्नु पर्ने भएपनि ठेकेदारको लापरवाहीले काममा ढिलाई भएको बताए । उनले निमार्णको जिम्मा लिएको चिनीया हुनान रेड सोलार पावरका ठेकेदारको लापरवाहीका कारण टेलिकमको टावर समय मै निमार्ण हुन नसकेको बताए ।
निमार्ण हुन लागेको टेलिकमको टावर जि.एम.एस दुई जिविको रहेको छ । यसको क्षेमता १० किलोमिटर टाढा सम्म रहेको निर्देशक न्यौपानेले बताए । उनले भने यो वर्ष भित्र टेलिकमको टावर निमार्ण गर्न नसके कानुन अनुसार कारर्वाही गर्ने बताए ।