बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिका ४ कोडमा रहेको राजेन्द्र निम्न माध्यमिक विद्यालमा सामुदायिक विकास परियोजना संञ्चालन भएपछि विद्यालयको मुहार फेरीएको छ । परियोजना लागु भएपछि अहिले विद्यालयको शैक्षिक, भौतीक क्षेत्रमा सुधार देखिएको छ ।
गुड नेवर्स ईन्टरनेसल नेपाल र जिल्लामा रहेको गैर सरकारी सस्था नामक पिसविन बाजुराको संयुक्त साझेदारीमा सञ्चालीत सामुदायिक विकास परियोजनाल बुढीगंगा नगरपालिकामा रहेको राजेन्द्र निम्न माध्यामिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयलाई विभिन्न किसिमका शैक्षिक सामाग्री वितरण गर्नुका साथै विद्यालय तथा ई.सि. डी. भवन विद्यालयमा फोर्निचर, खाने पानी, विद्यार्थीहरुको स्वास्थ्य चेक जाँचका लागि स्वास्थ्य सिविर र महिनावारी हुने छात्राहरुका लागि नियमित विद्यालयमा आउन भने उदेश्यले विद्यालयमा सेनेटरी पेड वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको सामुदायिक विकास परियोजना पीसविन बाजुराका कार्यक्रम सयोजक टेक बहादुर थापाले बताए ।
थापाले राजेन्द्र निम्न माध्यामिक विद्यालय कोटमा अध्यनरत अति विपन्न र दलीत समुदायका ७० जना विद्याथीहरुलाई निशुल्क पढाउनका साथै जाडो मौषममा विद्यालयमा रहेको बालवालीकाहरुलाई विद्यालय पोशाक, तथा शैक्षिक सामाग्रीहरु कापी, कलम पेन्सील, सार्पनर, ईरेजर, झोला र औजार बक्सका लगाएतका शैक्षिक सामाग्री वितरण गर्दै आएको परियोजना प्रमुख थापाले बताए । थापाले विद्यालयमा अहिले सम्म कुनै सरकारी तथा गैर सरकारी संस्थाले ध्यान नदिएको हुदाँ विद्यालयको निकै कमजोर अवस्था देख्दा आफूले जिल्लाको नमुना विद्यालय बनाउने उदेश्यले कार्याक्रम सञ्चालन गरेको बताए ।
विद्यालयका प्रअ नृप बहादुर नेपालीले भने २०५५ साल देखि सञ्चालन भएको विद्यालयमा जिल्लामा रहेका अन्य कुनै सरकारी तथा गैर सरकारी कार्यालयको यस विद्यालयमा ध्यान नगएको बताए । विद्यालय स्थापना भएको केही समय पछी जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे भवन दिएको थियो भने त्यो भन्दा बाहेक अरु कसैले सयोग गरेका छैन । कक्षा १ देखि ८ सम्म सञ्चालन गर्दा सबै जनताको सर्वदान र जनताले चन्दा सङ्कलन गरेर विद्यालय सञ्चालन गरेको प्रअ नेपालीले बताए । प्रअ नेपालीले विद्यालयमा ३ दरबन्दी र १ रहात अन्य सात जना शिक्षक निजी स्रोतबाट राखेको बताए ।
उनले विगत वर्ष देखि आफ्नो विद्यालयको अवस्था निकै कमजोर हुनुका साथ शैक्षिक सामाग्री देखि अन्य विद्यालयको भौतीक सामान समेत नभएको कारण विद्यालयको अवस्था कमजोर रहेको बताए ।
सामुदायिक विकास परियोजना कार्याक्रम सञ्चालन भएपछी विद्यालयको शैक्षिक भौतीक वातावरणमा सम्मेत परिर्वतन आएको बताए । सामुदायिक विकास परियोजनले गर्दा आफ्नो विद्यालय बुढीगंगा नगरपालीकाको नमुना विद्यालय बनेको बताए ।
परियोजनाले विपन्न विद्यार्थीहरुका लागि निशुल्क पढाइको व्यवस्था र विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री र चिसो मौसमा विद्यार्थीहरुलाइ पोशाक र महिनावारी भएको समयमा छात्रा विद्यार्थीहरुका लागी सेनेटरी पेड वितरण गर्ने व्यवस्था गरे पछी विद्यार्थीहरु विद्यालयमा नियमित आउने गरेका छन ।
कार्याक्रम विद्यालयमा सञ्चालन नहुँनु पहिला विद्यार्थीहरु विद्यालयमा नियमित आउने नगरेको प्रअले बताए । विद्याथीहरु वर्षमा १ सय भन्दा बढी दिन हाजिरी नहुँने गरेका विद्यालयको तथ्यङ्कमा देखाएको छ ।
सामुदायिक विकास परियोजना कार्यक्रम सञ्चालन भए पछी विद्यार्थीहरु नियमित विद्यालयमा आउने गरेको विद्यालयको तथ्याङ्कले देखाएको छ । कक्षा ८ मा अद्ययनरत विद्यार्थी शंकर नेपालीले विद्यालयमा विकास परियोजना कार्यक्रम सञ्चालन भए पछी आफुले निशुल्क पढन पाउदा आफू निकै खुसी भएको बताए । उनले भने –‘विपन्न परिवारका विद्यार्थीहरुको लागि अहिले सम्म कुनै सरकारी कार्यालय र गैर सरकारी संस्थाले आफू जस्तै गरिव परिवारमा जन्मेको विद्यार्थीहरुलाई कसैले सयोग गरेका थिएन । अहिले कुन भगवानले मिलायो, आफ्नो विद्यालयमा विकास परियोजना कार्यक्रम सञ्चालन भए पछी निशुल्क पढन पाउदा आफू निकै खुसी छु ।’
विद्यार्थी नेपालीले विद्यालयमा खाने पानी नहुँदा विद्यालयबाट एक घण्टा बाटो हिडेर खाने पानी खानु पर्ने बाध्यता रहेको थियो भने अहिले सामुदायिक विकास परियोजनाले गर्दा विद्यालय मै खाने पानीको व्यवस्था गर्नुका साथै डेक्स बेन्च, कालो पार्टीको सम्मेतको ब्यवस्था हुँदा आफूहरु निकै खुसी भएको बताए ।
कक्षा ७ मा अद्ययनरत अपाङ्क विद्यार्थी हर्क रावतले विद्यालयमा बेन्च डेक्स नहुदाँ खाली चिसो भुईमा बस्नु पर्ने बाध्यता रहेको थियो भने अहिले अपाङ्क मैत्री बेन्च डेक्स खाने पानीको धारा सम्मेत सामुदायिक विकास परियोजनाले अपाङ्क मैत्री विद्यालय बनाउँदा आफूहरु जस्तै अन्य अपाङ्क विद्यार्थीहरु निकै खुसी रहेको बताए । उनले परियोजनाले अपाङ्क र किशोर किशोरी मैत्री विद्यालय बनाएको हँुदा निकै खुसी व्यक्त गरे ।