महेन्द्रनगर-भीमदत्त नगरपालिका वडा नं. ९ चुरे क्षेत्रमा पर्ने झिलमिला तालमा सरसफाई गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्र्तगत बृहत जनचेतना मुलक सरसफाई गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्र्तगत पहिलो पटक सरसफाई गरिएको छ ।
भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा नगर स्तरीय समिति गठन गरिएपछि साझेदारीमा साप्ताहिक रुपमा सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ ।समुदाय प्रहरी साझदोरी समिति गठन हुन अघि भीमदत्त नगरपालिकाले वडा स्तरीय घुम्ती सरसफाई कार्यक्रम गर्दै आएको थियो ।
सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्टन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, भीनपाका नगर प्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको नं. २५ का मेजर गोरख पुजारा सहित जनप्रतिनिधि, कर्मचारी, उद्यमी व्यवसायी, पत्रकार सहभागी भएका छन् । झिलमिला तालको विकास र संरक्षणका लागि गुरु योजना बनाउन बजेट विनियोजन गरिएको नगर प्रमुख विष्टले बताए ।
तालको संरक्षण र संवद्र्धनलाई सुदूरपश्चिम प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले परिक्रमा पथ, सोर्य वत्ती जडानका लागि प्रदेश सकारबाट बजेट विनियोजन गरिएको बताए । ‘राम्रो, सुन्दर, सफा स्वच्छ तालको संरक्षण र संवद्र्धनलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको छ’ उनले भने ।