अत्तरिया - कैलालीको गोदावरी नगरपाालिका वडा नं २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा.विको अभिभावक भेला स्थगित भएको छ । आज बिधालय ब्यबस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि बिधालयले अभिभावक भेला बोलाएको भएपनि बिधालयको नवनिर्मित भवनको उद्घाटनको बिषयमा बिबाद भएपछि भेला नै स्थगित भएको हो ।
नमुना बिधालय अन्र्तगत संघिय सरकारको बजेटमा बिधार्थीहरु बस्नका लागि बनाइएको नवनिर्मित ८ कोठे भवनको उद्घाटन गर्ने बिषयमा सामान्य बिबाद हुदा सबै कार्यक्रम स्थगित भएको दुर्गालक्ष्मी नमुना मा.विका प्रध्यानाध्यापक शिवराज जोशीले जानकारी दिए । उनले गोदावरी नगरपालिकका नगरप्रमुख हरि सिं साउँदले भवन निर्माणको काम पुर्ण रुपमा नसकिएको भन्दै आज भवन उद्घाटन नगर्न भने पछि नयाँ नेतृत्व चयनका कार्यक्रम सबै स्थगित भएको बताए ।
ब्यबस्थापन समितिले अभिभावक भेला संगै नबनिर्मित भवनको उद्घाटन गर्ने तयारी गरेको थियो । तर नगरपालिकाको ठाडो आदेशमा निर्माण सम्पन्न भैसकेको भवनको उद्घाटनमा रोक लगाए पछि बिबाद सिर्जना भएको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शेर सिं खड्काले जानकारी दिए ।
उनले नगरपालिकावाट एक रुपैयामा पनि सहयोग नभएको भवन अहिलेको समितिको निर्णयवाट नै उद्घाटन गर्न पाउनुपर्ने आफुहरुको जिकिर रहेको बताए । तर नगरपालिकाले यसमा बिना कारण बिबाद झिकेको उनको भनाई रहेको छ ।
उता गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले कार्यक्रम अभिभावक भेला तथा नयाँ ब्यबस्थापन समिति चयन भनेर बोलाएको भएपनि निर्माण नै सम्पन्न नभएको भवन उद्घाटन गर्न खोजिएको बताए । उनले नगरपालिकाले अहिले नवनिर्मित भवनको कुनै पनि प्रकृया नमिलेकाले प्रकृया मिलेपछि मात्रै उद्घाटन गर्न भनेको बताए ।
'निर्माण उपभोक्ता समितिले नवनिर्मित भवन बिधालयलाई हस्तान्तरण नै गरेको छैन र यसको सार्बजनिक लेखा परिक्षण पनि भएको छैन' उनले भने- 'यस्तै भवनको रङरोदन गर्न बाकी नै छ अनि कसरी अहिले उद्घाटन हुन्छ ।'
उनले नगरपालिकावाट पटक पटक भवन अधुरो भएकाले उद्घाटन नगर्न पत्राचार गरेको भए पनि आजै भवन उद्घाटनको कार्यक्रम पनि राखिएकाले सबै काम सम्पन्न भए मात्रै गर्न भनेको बताए । बिधालयको नवनिर्मित भवनको उद्घाटन आ आफ्ना निकटका नेताहरुवाट गर्न पाउनुपर्ने भन्दै चरम राजनीति गर्न खोज्दा समस्या बल्झिएको स्रोतले बताएको छ । विवादले अभिभावक भेला स्थिगित भए पछि भेलामा पुगेका अभिभावकहरु निराश भएर फर्किएका थिए ।
२०३० सालमा स्थापना भएको दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालय यस क्षेत्रको पुरानो सरकारी बिधालय हो । बिधालयको शैक्षिक गुणस्तरमा सुधार हुदै गएपछि २०७४ साल असारमा उक्त बिधालय देशकै नमुना बिधालय बनेको थियो । कक्षा १ देखी १२ सम्म पढाइ हुने सो बिधालयमा तिन बर्ष पहिले देखी कक्षा १ देखी १० सम्म अंग्रेजी माध्यामवाट पनि पढाई सुरु गरिएको छ । ६० जना शिक्षक र २० जना शिक्षिका रहेको उक्त बिधालयमा हाल ३ हजार ५० जना बिधार्थीहरुले अध्ययन गरिरहेका छन् ।