अत्तरिया – अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानले सुरु गरको अनलाईन सेवा प्रती ग्राकहरुको आकर्षण बढ्न सकेको छैन् । संस्थानले १ बर्ष अगाडी अनलाईन मार्फत खानेपानीको बिल भुक्तानी गर्ने मिल्ने सेवा सुचारु गरेपनि सेवा प्रभावकारी हुन सकेको छैन । अनलाईनबाट घरमै बसेर वा बजारमा बिभिन्न अनलाईन सेवा प्रदान गर्ने पसलबाट बिल भुक्तानी गर्न सकिने भएपनि अहिले पनि अधिकान्स ग्राहकहरु संस्थानको कार्यालमै गएर बिल भुक्तानी गर्ने गरेका छन ।
अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्राबिधिक यादव राज फुलाराले अहिले पनि ८१ प्रतिशत ग्राहक कार्यालयमै आएर बिल भुक्तानी गर्ने गरेको बताए ।
पछिल्लो तिन महिनाको तथ्याङ्क हेर्दा पनि औषतमा १९ प्रतिशतले मात्रै अनलाईनबाट खानेपानीको बिल भुक्तानी गरेको देखिन्छ । कार्तिक महिनामा २ हजार ६ सय ५७ जनाले खानेपानीको बिल भुक्तानी गरेकोमा ५ सय २ जनाले मात्रै अनलाईनबाट बिल भुक्तानी गरेका छन । जुन १८ प्रतिशत मात्रै हो । कार्तिक महिनामा बिल भुक्तानीबाट १८ लाख १६ हजार ३ सय २६ रकम संकलन भएकोमा अनलाईनबाट २ लाख ५० हजार ४ सय १६ मात्रै संकलन भएको छ । कार्तिक महिनामा अनलाईनबाट भुक्तानी भएको रकम १३ प्रतिशत मात्रै छ । कार्तिक महिनामा अनलाईनबाट भुक्तानी गर्ने ग्राहकाको संख्या १८ प्रतिशत भएपनि अनलाईबाट १३ प्रतिशत मात्रै रकम संकलन भएको छ । प्राबिधिक फुलाराले बढी रकम बिल भुक्तानी गर्नु पर्ने ग्राहकहरु कार्यालयमै आउने गरेको बताए ।
त्यस्तै असोज महिनामा २ हजार ४ सय २९ जनाले खानेपानीको बिल भुक्तानी गरेकोमा ४ सय ६८ जनाले मात्रै अनलाईबाट भुक्तानी गरेका छन । जुन १९ प्रतिशत हो । भाद्र महिनामा २ हजार ६ सय ३८ जनाले खानेपानीको बिल भुक्तानी गरेकामा ५ सय ४७ जनाले मात्रै अनलाईनबाट खानेपानीको बिल भुक्तानी गरेका छन । जुन २० प्रतिशत ग्राहक संख्या हो । अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानका अनुसार अनलाईन सुरु भएदेखि अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने १५ प्रतिशतको हाराहारीमा अनलाईनबाट भुक्तानी भएको छ । अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानका प्राबिधिक फुलाराले पछिल्लो समय अनलाईबाट बिल भुक्तानी गर्नेको संख्या बढिरहेको भएपनि सोचे अनुसारको प्रतिफल भने आउन नसकेको बताए ।
अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानको खानेपानीको बिल अहिले ई–सेवा , आई एमई पे, खल्ती एप लगायत बिभिन्न बैकहरुबाट पनि भुक्तानी गर्न सकिने प्राबिधिक फुलाराले बताए । प्राबिधिक फुलाराले अनलाईबाट भुक्तानी भएको रकम संकलन गर्न सहज र संस्थानको म्यानपावर पनि कम लाग्ने भएपनि अनलाईनप्रति ग्राकहरुको सहभागीता भने बढ्न नसकेको बताए ।
अनलाईनबाट बिल भुक्तानी गर्ने सेवा संचालन गरेका रमेश बिकले खानेपानीका ग्राहकहरुमा जानकारीको अभावले अनलाईनबाट भुक्तानी कम हुने गरेको बताए ।
कैलालीको गोदावरी नगरपालिका २ मा रहेको खानेपानी संस्थानले अहिले गोदावरी नगरपालिकाका १, २ र ४ नम्बर वडाको बसन्तपुरमा खानेपानी वितरण गर्दै आईरहेको छ । ६ लाख लिटर क्षमता रहेको ट्याङ्की बाट संस्थानले अहिले दैनीक १८ लाख लिटर पानी वितरण गर्दै आईरहेको छ । संस्थानका अहिले ३ हजार ४ सय ९५ ग्राहक रहेका छन ।