अत्तरिया – ५ बिगामा गहुँ खेती गरेका महादेव जोशीका लागि बिहिबार साँझ परेको बर्षा अमृत सरह भयो । कैलालीको गौरिगंगा नगरपालिका ८ बस्ने महादेव जोशीको एक पटक सिचाई गर्न १२ देखि १५ हजार खर्च लाग्थो । जोशीले भने – ‘कार्तिकको अन्तिम साता तिर गहुँ छरेको थिए । सिचाई गर्नु पर्ने समय भईसकेको थियो । तर बर्षाले गर्दा सिचाई गर्नु पर्ने खर्च जोगाईदियो ।’

उनले गहुँ छरेको २२ देखि ३० दिन भित्रमा सिचाई गर्नु पर्ने भएकाले त्यही समयमा पानी परिदिदा राहत महसुस गरेको बताए । उनले बर्षाले तरकारी, तोरी, आलु , मसुरो खेती गरेका किसानले झनै राहत महसुस गरेको बताए । सिचाईको भरपर्दो व्यवस्था नहुँदा जोशीले महङ्गो मुल्यमा बोरीङबाट गहुँ तथा तरकारीमा सिचाई गर्दै आएका थिए । ‘गहुँ खेतीमा बर्षमा २ चोटी सिचाई गर्छु, ५ बिगा गहुँमा २ चोटी सिचाई गर्न मात्रै बोरिङबाट २५ देखि ३० हजार खर्च आउन्छ ।’ जोशीले भने – ‘बोरीङबाट सिचाई गर्दा प्रति मिनेट ३ रुपैयाँ बोरिङको शुल्क बुझाउनु पर्छ । बर्षाले निकै राहत ग-यो । गहुँमा त्यस्तै पनि फाईदा हुँदैन झन २ चोटि बोरिङबाट सिचाई गर्नु परेमा आम्दानी र खर्च बराबर हुन्छ । बर्षा अमृत सरह भयो ।’ जोशीले अहिले ५ बिगा गहुँ संगै २ बिगा जग्गामा केरा खेती र केहि जग्गामा तरकारी खेती गरेका छन ।
विहिबार साझ परेको बर्षाले गहुँ खती गरिसकेका किसानले राहत महसुस गरेका छन । गँहु खेती गरेका किसानहरुले पानी परेपछि राहत महसुस गरेका हुन । सिचाईको भरपर्दो सुबिधा नहुँदा किसानहरु अहिले पनि आकाशे पानीको भर पर्न बाद्य छन । बोरिङ, ट्युवेलबाट सिचाई गर्न निकै खर्च लाग्ने गरेको छ । सिचाईको प्रयाप्त सुविधा नहुँदा किसानहरुले आकाशे पानीको भर पर्नु पर्ने र महाङ्गोमा सिचाई गर्नुपर्ने बाद्यता रहेकाले किसानहरुले बर्षाले राहत महसुस गरेका हुन ।
४७ प्रतिशत मात्रै सिचाई
सुगम जिल्ला मानिने कैलालीमा अहिले सम्म ४७ दशमलव ५ प्रतिशत क्षेत्रफलमा मात्रै सिचाईको सुबिधा पुग्न सकेको छ । कैलालीको कुल ३ लाख २३ हजार ५ सय हेक्टर क्षेत्रफल मद्ये ९० हजार हेक्टर खेतियोग्य क्षेत्रफल रहेका छ । जसमद्ये ४२ हजार ९ सय हेक्टर क्षेत्रफलमा मात्रै बर्षभरी सिचाईको सुविधा पुगेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी हरी दत्त जोशीले बताए । उनले २७ हजार ९ सय हेक्टरमा भने आशिंक सिचाईको सुबिधा पुगेको बताए । आशिंक सिचाई र बर्षभरी सिचाईको क्षेत्रफल जोड्दा कैलालीमा ७० हजार ८ सय हेक्टर अर्थात ७८ दशमलव १५ प्रतिशत क्षेत्रफलमा सिचाई सुबिधा पुगेको देखिन्छ । तर सिचाईको भरपर्दो स्रोत नहुँदा किसानहरुले सिचाईका लागि समस्या भोग्दै आएका छ ।
कृषि ज्ञान केन्द्र कन्चनपुरका सुचना अधिकारी जोशीले बिहिवार भएको बर्षा गहुँ खेती गरेका किसानहरुका लागि उपयुक्त भएको बताए । उनले अहिले अधिकान्स किसानहरुको गहुँ उम्रीसकेकाले बर्षाले किसानलाई राहत पुगको बताए । तर गहुँ छरेका तर गहुँ नउम्रेका किसानले भने बर्षाले गहुँको दाना जमिनमै कुहिने हो कि भन्ने चिन्ता लागेको बताएका छन । गोदावरी नगरपालिका ९ मुरकट्टीका कालु राम रानाले सिचाई नहुँदा १ हप्ता अगाडी मात्रै गहुँ छरेकाले बर्षाको पानीले कुहिने पो हो कि भन्ने चिन्ता लागको बताए ।
बिहिबार सुदूरपश्चिमका अधिकान्स क्षेत्रमा बर्षा भएको थियो भने हिमीली क्षेत्रमा हिमपात समेत भएको छ । जल तथा मौसम फिल्ड कार्यालय अत्तरिया अनुसार बिहिबार ७ दशमलव ८ मिलिलिटर बर्षा भएको छ ।