अत्तरिया -गोदावरी नगरपालिकामा स्थानिय सरकार नेकपा कै छ तर उसका कार्यकर्ता आफ्नै सरकारका बिरुद्ध सामाजिक सन्जालमा उत्रिएका छन् । गोदावरी नगरपालिका मेयर हरि सिं साउंद र उपमेयर रत्ना कडायत नेकपा तत्कालिन नेकपा एमाले बाट निर्बाचित हुन । नगरपालिकाले गरेको काम कार्बाहीको बारेमा उसकै कार्यकर्ताले प्रश्न उठाएका छन् ।
यसै क्षेत्रबाट प्रदेशमा निर्बाचित कृष्णराज सुबेदी अहिले प्रदेशको सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मेयर हरि सिं साउंद र मन्त्री सुबेदी एउटै पार्टीबाट निर्बाचित भएपनी बिकास निर्माणको कार्यमा खासै समन्वय हुन सकेको छैन ।
स्थानिय कार्यकर्ताका अनुसार दुबैले आ आफ्नै ढंगले काम गरिरहेका छन् तर पार्टी यो बिषयमा बेखबर जस्तै बनेको छ । स्थानिय निकायको निर्बाचनको बेलामा नगरपालिकाको मेयरको लागी तत्कालिन एमाले पार्टीबाट हरि सिं साउंद, कृष्णराज सुबेदी लगाएतको नाम सिफारिस भएको थियो । तर पछि मेयरको टिकट हालका मेयर हरि सिं साउँदले पाएका थिए भने प्रदेश सांसाद को टिकट सुबेदीले पाएका थिए ।
स्थानिय स्तरमा दुबै एक अर्काका बिरुद्ध खुलेर नै बिरोधमा उत्रिएको जस्तो स्थानिय नेता कार्यकर्ताको बुझाई रहेको छ । पार्टीको तल्लो स्तर सम्म एकता नहुँदा जनप्रतिनिधीले गरेको काम कार्बाहीको बिषयमा नेकपा पार्टीले खासै हस्तक्षप गर्न सकेको छैन ।
गोदावरी नगरपालिका का मेयर साउँद ले स्थानिय सरकार आँफैमा स्वायत्त भएकाले कसैको हस्तक्षेप स्विकार गर्न नसकिने बताए । 'प्रदेश सरकार , सांसदहरुले सुझाब दिन पाइयो स्थानियसरकारलाई तर हस्तक्षेप गर्न पाइन्न,' उनले भने - 'कसको के स्वार्थ हुन्छ , त्यो अनुसार हामी काम गर्ने होइनौ।' नगरपालिका भित्रै पनि एउटै पार्ती भित्र गुटबन्दी हुन थालेको छ ।
जसले गर्दा बिकास निर्माणमा पनी पार्टीको तर्फबाट निर्बाचित जन प्रतिनिधीको कामको बारेमा जनतालाई बुझाउन गार्हो भएको स्थानिय नेकपा नेताहरु बताउछन् ।
नेकपाका स्थानिय एक नेताका अनुसार पार्टीबाट निर्बाचित जनप्रतिनिधीका स्वकिय सचिब पार्टी कमिटीको निर्णय अनुसार हुनुपर्ने भएपनी आ आफ्नै तरिकाले स्वकिय सचिब नियुक्त गर्दा समस्या आउने गरेको बताए ।
सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीका स्वकिय सचिब शेर बहादुर बिष्टले स्थानिय सरकारको बारेमा यस्तो पोष्ट गरेका छन् :-