बाजुरा – जिल्लाको गौमुल गाउँपालीकामा रहेको काल्चे भीरमा मानिसहरु ज्यान जोखिमा राखेर यात्रा गर्न बाद्य छन । कालो चट्टानको बीचमा स्थानीयले बनाएको भीरको बाटोमा वर्षौ देखि गौमुल बासीको जोखिमपूर्ण यात्रा गर्न बाद्य छन काल्चेको भीरमा भ¥याङको साहारामा जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।
काठको भ¥याङमा जोखिम यात्रा गर्नु परेको स्थानीय बासी डम्मर बहादुर रोकायाले बताए । उनले भने – ‘काल्चेको भीर गौमुल गाउँपालिका २ र ६ को सीमानामा पर्दछ ।’ वडा नम्बर १, २ र ३ नम्बर स्थानीयले त्यही काल्चे भीर भएर ओहोरदोहोर गर्नुपर्छ । भीरको बाटो जोखिम पूर्ण यात्रालाई सहज बनाउन गाउँपालिकाले गाउँपालिकाको केन्द्र घट्मुना देखि वडा नम्बर १ अम्लीस जोड्ने सडकको ट्रयाक खोल्न गएको रोकायाले बताए ।
आर्थिक वर्षमा ९० लाख रुपैयाँमा सुनन्दा मष्टेश्वरी कन्ट्रक्सनलाई ठेक्का दियो । गाउँपालिकाले छुट्याएको पैसाले काम अपुरो भएपछि सडक डिभिजन कार्यालयबाट सोही सडकको काल्चे भीरको एक किलोमिटर चट्टानमा ट्रयाक खोल्न एक करोडको ठेक्का ४५ दिनमा सक्ने गरी अर्को ठेक्का भयो ।
३५ प्रतिशत घटेर ठेक्का हालेको डिबी कन्ट्रक्सनले ६० लाखमा काम पाए पनि अहिले कामै नगरी अलपत्र छोडिदिएको छ । डिबी कन्ट्रक्सनले ४५ दिनमा सक्छु भनेर लिएको ठेक्कामा कामै नभएको सडक डिभिजन कार्यालय साफेबगरले बताए ।
४५ दिनभित्र सक्ने ठेक्कामा १० दिनको मात्रै म्याद थपेको सडक डिभिजनले त्यसपछि भने सडक विभागमा लेखापढी सुरु गरेको जनाएको छ । अधिकांश ठेक्कामा स्थानीय निमार्ण व्यावसायीले घटिघटाउमा ठेक्का हाल्ने र उनीसँग निमार्णको सामग्री नहुने र काम समयमा नहुँदा समस्या हुने गरेको छ ।
वर्षाको समय चिप्लो बाटोमा काठको भ¥याङमा जोखिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको गौमुल गाउँपालिकाका स्थानीय बासी हिक्मत रोकायाले बताए । यो भीरमा आवत जावत गर्दा त त्यसै पनि डर लाग्छ, त्यसैमा काठको भ¥याङ मार्फत् ओहोरदोहर गर्नु परेको रोकायाले बताए ।
काल्चे भीर बाजुरा जिल्लाको सबै भन्दा जोखीम पूर्ण यात्रा मानिन्छ । यसैमा सडक निमार्णको जिम्मा पाएको ठेकेदारले बाटो बिगारी दिएपछि काठको भ¥याङ लगाएर स्थानीयले जोखिम मोलेर यात्रा गरिरहेका छन् ।
वर्षऔ देखि काल्चेभीरको यात्रा जोखिम पूर्ण रहेको छ । सडक निर्माण गर्दा डोजेरले बाटो भत्काए पछि झन् जोखिम बढेको छ ।’ गौमुल गाँउपालिका १ का अध्यक्ष बलबहादुर रोकायाले भने ।
गौमुल १, २ र ३ का स्थानीयले गाउँपालिकाको कार्यालय आउन पनि यही बाटो प्रयोग गर्ने गरेका छन् । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाल भने ठेकेदारको लापरवाहीले गर्दा काल्चे भिडीको सडक छिटो काटन नसक्यको बताए । अध्याक्ष रोकायाले भने अव ठेकेदारले यो महिना भित्र काल्चे भिरको बाटो निकासना नसक्य ठेकेदारलाई तुरुन्त कारवाहीको लागी सिफारीस गर्ने बताए ।
पहिलाको बाटो भत्कियो, ठेकेदारले त्यो भन्दा अगाडि काम बढाएन अस्थायी रुपमा यात्रा गर्न सहजताका लागि काठको र्भयाङ निर्माण गरिएको हो अध्यक्ष रोकायाले भने । भीरको र्भयाङमा आवतजावत गर्ने महिला बालबालिका र जेष्ठ नागरिकलाई झन् समस्या हुने गरेको बताए ।