अत्तरिया – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ७ वटा रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । जसका लागि सुदूपश्चिमका ७ वडा अध्यक्ष पदका लागि २२ जनाको उम्मेद्धारी परेको छ । सुदूरपश्चिममा बाजुराको त्रिवेणी नगरपालिका –१, अछामको मल्लेख गाउँपालिका ५, डोटीको आदर्श गाउँपालिका २, कञ्चनपुरको पुर्नवास नगरपालिका ३, बैतडीको पुचौंडी नगरपालिका ४, सुर्नया गाउँपालिका १ र दोगडाकेदार गाउँपालिका४ मा रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
यी वडाहरुमा असअघि २०७४ सालमा भएको निर्वाचनमा बाजुराको त्रीवेणी नगरपालिका–१ मा नेपाली कांग्रेस, डोटीको आदर्श गाउँपालिका २ तत्कालिन एमाले, अछामको मल्लेख गाउँपालिका–५ कांग्रेस, बैतडीको दोगडाकेदार गाउँपालिका–४ तत्कालिन एमाले, बैतडीको पुर्चौडी नगरपालिका–४ तत्कालिन एमाले, बैतडीकै सुर्नया गाउँपालिका–१ कांगेस र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ तत्कालिन एमाले बिजयी भएका थिए । अहिले तत्कालिनका नेकपा एमाले र नेकमा माओवादि केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ ।
कसले कति भोट पाएका थिए
अछामको मल्लेख गाउँपालिका ५
अछामको मल्लेख गाउँपालिका ५ मा बिजयी भएको कांगे्रसका रामबहादुर बोहोराले ५८१ मत पाएका थिए भने माओवादी केन्द्रका रमेशबहादुर खड्काले २८७ पाएका थिए भने एमालेका दिर्घराज खड्काले २७३ मत पाएका थिए ।
अहिले यस वडामा वडा अध्यक्षका लागि दुई दलले मनोनयनपत्र दर्ता गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशबहादुर खड्का र नेपाली कांग्रेसको तर्फबाट बिरबहादुर बोहोराले उम्मेदवारी दिएका छन ।
बाजुराको त्रिवेणी नगरपालिका १
बाजुराको त्रिवेणी ५ मा बिजयी भएको कांगे्रसका खम्म दमाईले २८७ मत पाएका थिए भने माओवादी केन्द्रका मनराजे बुढाले २४९ पाएका थिए भने एमालेका दिर्घराज खड्काले २७३ मत पाएका थिए ।
अहिले बाजुराको त्रिवेणी नगरपालिका –१, का लागि ३ जनाले मनोनय दर्ता गरेका छन । वडा अध्यक्षका लागि नेकपाका मनराजे बुढा , नेपाली काग्रेसका खगेनद्र चदारा र राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर ढोलीले उम्मेदवारी दिएका छन । २०७४ को चुनावमा ९२८ मतदाता रहेकोमा अहिले १ हजार ३९ मतदाता रहेका छन ।
कन्चनपुरको पुर्नवास नगरपालिका ३
पुर्नवास नगरपालिका ३ मा बिजयी भएको एमालेका फैरु तामाङले ४५४ मत पाएका थिए भने माओवादी केन्द्रका आइतबहादुर तामाङले १८७ पाएका थिए भने काग्रेसका आइतबहादुर तामाङले ७८ मत पाएका थिए ।
उपनिर्वाचनका लागि कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्षका लागि नेपाली कांग्रेसका दीप तामाङ, नेकपाका कृष्ण तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले उम्मेदवारी दिएका छन । २०७४ मा ११८५ मतदाता रहेकोमा अहिले ११९९ मतदाता रहेका छन ।
बैतडीको सुर्नया गाउँपालिका– १
बैतडीको सुर्नया गाउँपालिका– १ मा बिजयी भएको कांग्रेसका कलश बहादुरले १५८ मत पाएका थिए भने एमालेका धनबहादुर चन्दले १२७ मत पाएका थिए ।
सुर्नया गाउँपालिका – १ मा अध्यक्ष पदका लागि दुईजना उम्मेद्वारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्र बहादुर चन्द चनावी मैदानमा छन । २०७४ सालमा ५९३ मतदाता रहेकोमा अहिले अहिलेका ६१९ मतदाता रहेका छन ।
बैतडीको पुरचौंडी नगरपालिका– ४
बैतडीको पुरचौंडी नगरपालिका– ४ मा बिजयी भएको एमालेका गौतम प्रसाद भट्टले ५५४ मत पाएका थिए भने माओवादी केन्द्रका बिनोद धानुकले ४६१ मत पाएका थिए । त्यस्तै कांग्र्रेसका धनबहादुर बोहोराले ३ सय ६ मत पाएका थिए ।
पुरचौंडी नगरपालिका– ४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्द बहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेद्वार चुनवी मौदानमा छन । २०७४ को चुनावमा १९२२ मतदाता रहेकोमा अहिलेका १९०९ मतदाता रहेका छन ।
बैतडीको दोगडाकेदार गाउँपालिका– ४
दोगडाकेदार गाउँपालिका– ४ मा बिजयी भएको एमालेका मानबहादुर विष्ट ४६९ मत पाएका थिए भने माओवादी केन्द्रका जनकराज भट्ट १३० मत पाएका थिए । त्यस्तै कांग्र्रेसका सुरेन्द्रप्रसाद भट्टले ३७८ मत पाएका थिए ।
दोगडाकेदार गाउँपालिका– ४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेद्वारको मनोनयन दर्ता भएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेद्वारी दर्ता गराएर चुनावी मैदानमा छन । २०७४ को चुनावमा १७२८ मतदाता रहेकामा अहिले १८०८ मतदाता रहेका छन ।
डोटीको आदर्श गाउँपालिका २
आदर्श गाउँपालिका २ मा बिजयी भएको एमालेका पदम सिं बोहोरा ५०२ मत पाएका थिए भने कांग्रेसका महादेव साउँद ३७५मत पाएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार रमेशबहादुर साउद २३७ मत पाएका थिए ।
अहिले वडा अध्यक्ष पदको उप निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र उम्मेदवार भुमी सिं खड्का, नेपाली काङ्ग्रेसका महादेव साउँद, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राम बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझाले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा छन । २०७४ को चुनावमा २२५९ मतदाता रहेकोमा अहिले २४५९ मतदाता रहेका छन ।
लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन
आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने बुधबार आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् ।
शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।
निबार तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ । त्यसैगरी ४३ जना वडाध्यक्षका लागि मतदान हुनेछ । तीमध्ये २१ गायँपालिकाका वडाहरु छन् भने २२ नगरपालिकाका वडाहरु छन् ।