तपाई यो धर्तिका अरु प्राणीभन्दा चेतनशील प्राणी मानव हो । तपाई जनावर होइन । किनभने तपाई मानव संग यो कुरा बढी छ , जो जनावर संग हुदैन । तपाई मानव संग कल्पनाको शक्ति छ । जुन शक्तिले गर्दा तपाई मानवले राज गर्नु भएको छ । तपाईलाई थाहै होला कल्पनाको शक्तिले नै संसारमा राज गर्छ भनाई सत्य हो । तपाईमा भएको सिर्जनात्मक संयन्त्र लाई कार्यमा ढाल्ने काम काल्पनाले नै गर्छ । तपाई मानव आफैमा प्राणीहरुका निर्माता पनि हो । निर्माता भनेको ईश्वर हो । तव तपाई मानव लाई ईश्वर भनिएको हो । त्यसैले तपाई मानवले अँझै आत्मनिर्भर धारणाको विकास गर्न सक्नु पर्छ । तपाई मानव हुँ भन्ने कुरा भुल्नु हुदैन । तपाईले आफ्नो जीवन र भावनात्मक आवश्यकता माथी उत्तरदायित्वको महशुस गर्नु पर्छ । अरु मानवलाई प्रेम , सम्मान , दया , स्वीकारोक्ती र बुझाई दिने प्रयास गर्नै पर्छ । किन भने तपाई मानव हो ।
तपाई मानवको अन्तर आत्मा भनेको बिवेकी नकारात्मक प्रतिक्रियको संयन्त्र हो । जहाँ सम्म तपाई मानवको आचरण र नैतिकताको कुरा छ । धार्मिक सत्य आत्माले मानवलाई उचित र यथार्थ बानिको उद्देश्य तर्फ निर्देशन गर्ने सकारात्मक लक्ष्य उद्देश्य तिर धकेल्ने काम गर्छ भन्ने कुरा तपाई मानव हुनुको नाताले बुझ्नै पर्छ । चरित्र , बानीको सुधार गर्नै पर्छ । किनभने तपाई मानव हो । जनावर होइन । तपाई यो ठाउँको मानवले आत्मछबि , व्यक्तित्व , चरित्र , बानीको केहीन केही सुधार गर्नै पर्छ । हाम्रो यो ठाउँमा एउटा उखाँन छ “बनियाँ हाँस्सोई , म हाँस्सोई” भन्ने जस्तो कति दिन चल्ने हो । त्यसैमा संक्रमण कालत तपाईका लागि त “बाख्राको पुच्छर काटी बोकालाई सजिलो” भन्ने जस्तो भएको थियो । बल्ल तल्ल यो मुलुकको नयाँ संबिधानले गति लियो ।
अझै के हुने हो ? हेर्न बाँकी छ । अब पुरानो फाटेको कपडा फाली नयाँ कपडाको लुगा यो ठाउँको मानवले पाउनै पर्छ । फेरि पनि यो ठाउँको मानवले पुरानो कपडाको सुरुवालमा नयाँ कपडाको टालो मात्र थप्न लगाउने दुष्प्रयास त्याग्नु पर्छ । तपाई यो ठाउँको मानवमा दुर्वल अनपढ अरु मानव प्रति निस्वार्थ दया, मायाँ, जीउधनको सुरक्षा गर्ने, भावना पलाउनै पर्छ । किनभने तपाई नत घरपालुवा, नत जंगली जनावर हो । तपाई ईश्वरका सर्वश्रेष्ठ रचना मानव हो । तपाईमा मानवता , सत्यता , प्रेम जाग्नै पर्छ । अव यो ठाउँबाट सर्वप्रथम यौन विकृति , घुसखोरी , दलाली, भ्रष्टाचारी , कमिसनखोरी किनारा लाग्नु पर्छ । तपाईले अब यो ठाउँका असहाय , बेसहाराहरुलाई सुरक्षाको ढोङ गरी , दोष अरुमा थुपारी स्वार्थ लिने सहयोग गर्ने काम बन्द गर्नु पर्छ । किनभने तपाँई मानव हो । चेतलशील मानव हुनाले नै यौन बिकृतिमा यति गोप्यता अपनाउन सक्नु भएको छ । जनावर भएको भए खुल्ला सडकमा बाटोमा दिउँसै देखिनु हुन्थ्यो । त्यसो नहुनाले मानव बन्नु भएको छ । अर्को कुरा तालमेल मिलाउन नजान्ने मनमा आएका देखेका कुरा भन्ने कमजोर स्वाभिमान भएको मानव लाई पिटेर, धम्क्याएर, हेला गरेर, गिज्याएर, डरदेखाएर तपाई सुधार्न सक्नु हुन्न भन्ने कुरा पनि बुझ्नु पर्छ ।
किन भने तपाई मानव हो , जनावर होइन । तपाई मानव हो । मानवमा अलिकति कंकोच हुनै पर्छ । नत्र मानव नभई यो ठाउँको यो ठाउँको मानव समाजनै बिना संकोचको जंगली जनावरको समाजमा परिणत हुने छ । भन्ने कुराको ख्याल गर्नै पर्छ । किनभने तपाई मानव हो । तपाई यो ठाउँको मानव फोहरी कुरा , सानो कुरा भन्ने व्यवस्था गर्ने ठूलो पल्टिने गर्नु हुन्छ । तपाईलाई थाहै छ संसारका बैज्ञानिक आबिस्कार जति पनी छन । साना साना कुराबाटै, नपत्याउने मानव बाटै भएका छन । सफलताले सफलता निम्त्याउँछ । असफलताले असफलता निम्त्याउँछ । बर्तमान नै भविष्यको निर्माण गर्छ । भविष्यले वर्तमानले निर्माण गर्न सक्दैन । त्यसैले तपाई यो ठाउँको मानव वर्तमान समस्याको मात्रै ख्याल गर्नुस ? बानी सुधारी अगाडी बढ्नुस । किनभने तपाई मानव हो । तपाई यो ठाउँको कुनै पनि मानव स्वार्थी , लोभी , पापी हुनु हुदैेन । तपाईलाई थाहै छ । सुन्नु भएकै छ । यो ठाउँ त्यागी , तपस्वीले तपस्या गरेको कर्मको भूमि हो ।
यस्तो ठाउँका तपाई यो ठाउँका धेरै मानव पैसा तागतको घमण्डले गर्दा दिग्भ्रमित बन्नु भएको छ । तपाईलाई के आफ्नो तागत, जोबन, धन, स्थाई हुन भन्ने लागेको छ ? एक दिन तपाई यो शरीर यो ठाउँ छोडेर जाने निश्चित छ । भन्ने बुझ्नु भएको छ । ईश्वर ले सम्पूर्ण कुराको व्यवस्था सन्तुलन गरी मिलाएको छ । तपाईको जीवन पिडालुको पात माथिको पानी जस्तै छ । तपाई थाहा पाउँदा पाउँदै ठाउँ ठाउँमा जग्गा, घर, घरेडी, बंैक व्यालेन्स , सन्तानका लागि भनेर जम्मा गर्दै हुनु हुन्छ भने त्यसैगरी सन्तानका लागि शिर ठाडो गरी बाच्नका लागि पनि राम्रो असल कामगरी धनसम्पती जम्मा गर्नुस । तपाईका सन्तान लाई घुस्याहा , तस्कर , कुकर्मीका सन्तान भन्न कसैले नपाउन् । तपाईका सन्तानले शिर ठाडो गरी म यस्ताको सन्तान भन्न पाउन भन्ने सोचेर सत्कर्म गर्नुस । किनभने मानवलाई सम्मान , इज्जत चाहिन्छ । यो संसारमा बाच्नका लागि भन्ने बुझ्नुस । किनभने तपाई मानव हो । मान सम्मान, इज्जत तपाईको सम्पति भन्दा महत्वपूर्ण छ । तपाई मानवले म यस्तो त्यस्तो बन्नु पर्छ । सबै जस्तो बन्नु पर्छ भन्ने जस्ता गलत बिचारहरुले सम्मोहित नगराउँनुस ।
सत्यतामा सबै संग मिल्ने कुनै एउटै निर्धारीत साझा स्तर छैन , भन्ने बुझ्नुस । एउटाले जे ग¥यो जसरी पैसा कमायो त्यही तरिका बाट आफुलाई लैजान नखोज्नुस । पैसा कमाउने घर परिस्थितिको सुधार गर्ने गर्नुस ? मेरो भनाई नगर्नुस भन्ने भनाई होईन । अरुले जे ग¥यो त्यही गर्न नखोज्नुस भन्ने भनाई हो । यो ठाउँमा भनाई छ “पेट त चरो मुसो पनि पाल्छ” मानवले सफलताको लागि केहीन केही प्रयत्न गर्नै पर्छ । सबै प्राणी संग सफलता को संयन्त्र हुन्छ भन्ने कुरा चराले गुँड बनाएको देखेरै भन्न सकिन्छ भने तातो चिसो मौसमको जानकारी गर्ने जल तथा मौसम सम्बन्धि जानकारी गर्ने मसिन सहितको अफिस हुदैन । तै पनि मानवको भन्दा राम्रो संग राम्रा जानकारी प्राप्त गरेको हुन्छ । गुजरा गर्न पनि सकेकै हुन्छ । तर यो ठाउँमा चेतनशील मानवको त पेट पाल्न पनि समस्या छ । कसै कसै मानवलाई त कठीन अवस्था भै सकेको छ । कारण के होला ? तपाई मानव हो यो समस्याको बाधाको पत्ता लागाइए समाधान खोज्नुस किनभने तपाई मानव हो । यो ठाउँका मानवमा नकारात्मक प्रतिस्प्रधा नहोस ? सकारात्मक प्रतिस्पर्धा होस । यो ठाउँका मानवको घर परिस्थिति सुधार हुँदै , आर्थिक अवस्था पनि मजबुत हुदै जावस भन्ने तपाई यो ठाउँका सबै मानवले सोच्नुस । त्यही अनुसारको वातावरण निर्माण गर्नुस किन भने तपाई मानव हो । अरु प्राणी भन्दा उत्कृष्ट प्राणी मानव हो । चेतलशील प्राणी मानव हो । तपाई मानव दैवत्वको प्रतिरुप हो ।
तपाई कल्पना गर्नुस मानवको जन्म अती दुर्लभ छ । भन्ने बुझी कुकर्म, अधर्म, पापतिर नलागि सिर्जनात्मक कल्पनाको उर्जालाई नाश हुन नदिनुस् । सत्यलाई प्रेमलाई आत्मासाथ गरी मुलुकको नयाँ संबिधान कानुन लाई आत्मसात गर्नुस , पालना गर्नुस । मावनको मन मस्तिष्क हजारै गरीको चंचल छ । भन्ने बुझ्नुस झिंगा जस्तो नबन्नुस किनभने तपाई मानव हो जनावर होइन । मानव र जनावरको भिन्नता बारे बुझ्नुस । जनावरको जस्तो बानी व्यवहार , पशुतुल्य कुनै पनी क्रियाकलाप नगर्नुस । आफुलाई मानव हुँ भनी चिन्नुँस किन भने आज यो ठाउँका मानव तपाईले जनावरीय काम व्यवहार गर्नु भयो । आफुलाई मानव हुँ भनी चिन्नु भएन भने भबिष्यमा तपाई मानव के बन्नु होला ? भन्नुस ? भबिष्यमा यो ठाउँ कस्तो होला ? भनी आजै जान्न आवश्यक छ । यदि जान्नु भएन भने भन्नुस तपाई को हो ? तपाई मानव हो । सत्य , प्रेम , धर्म ,कर्म र शान्तिको नियममा चल्ने र बिगत देखी चल्दै आएको तपाई यो ठाउँका मानवको जीवन हो ।
जीवन क्रम बारे बुझ्नुस तपाइको अस्था विश्वस , भावना नै तपाईको देवता हुन । भन्ने पनि बुझ्नुस । तपाईको जीवन पूर्ण बनाउने अरु कुनै पनि गतिबिधिहरुमा सफलता प्राप्त गर्न तपाईका देवताले मदत गर्नेछन भन्ने पनि सत्य बुझाई लिनुस । आस्था विस्वास भावना आत्मीयता संस्कार, संस्कृति, परम्परा मान्ने निर्माताले पुर्वजले दिएको उपदेश, शिक्षाको पालना गर्नु मानवको कर्तव्य हो । विगत देखी मान्दै आएको संस्कार , संकृति परम्परा चलन नै मानव जीवनको पहिचान हो । पहिचान नै मानव जीवनको छवी हो । भन्ने मेरो कल्पना हो । तर खास मानव जीवनमा विभेद गर्ने, असमान कुराहरु, नैतिक विषय नै नभएका कुरालाई मानव जीवनमा नैतिक स्थान दिनु भनेको गल्तीहरु निम्त्याउने कुरा हो भन्ने कुराको ख्याल पनि तपाई मानवले राख्नुस । नैतिकतानै नभएको लाई नैतिक स्थान दिइयो भने यसले मावन जीवनमा ठुलो असर गर्छ । तपाई मानव हो भने मानव जीवन के हो भन्ने पनि बुझ्नुस ।
– अत्तरिया निवासी पुर्व शिक्षक सदानन्द भट्ट आफूलाई चिनौं–कर्तव्यलाई बुझौं अनुभूत अभिमतका लेखक हुन ।