पोखरा – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ पुस्ताका धेरैमा देशको नक्सा कस्तो हो भन्ने अन्योल भएको बताएका छन । सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता सर्माले घरबाट निस्कँदा छोरीले देशको नक्सा बदलिएको भनेर आफूलाई सोधेको स्मरण गर्दै शर्माले अहिले धेरै छोरीहरूको मनमा जिज्ञासा रहेको बताए ।
सरकारले ३ दिनमा देशको नक्सा छापेर सार्वजनिक गर्नुपर्ने बताउँदै उनले सरकारले नसके त्यो काम गर्न कांग्रेस तयार रहेको बताए ।
प्रवक्ता शर्माले भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको उनको भनाइ छ । प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’ उनले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारत सँग छिटो वार्ता गर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन छिटो पहल गर्न भनेको स्मरण गर्दै शर्माले भने, ‘सरकारले देउवालाई जवाफ दिइरहनु पर्दैन, सीधै मोदीसँग कुरा गरे हुन्छ ।’
सबै दलले पटक पटक भारत सँग छिटो वार्ता गर्न भन्दा पनि प्रधानमन्त्री ओलीले नगरेकाले आशंका गरिएको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ ।
७ मंसिरमा कास्की क्षेत्रनम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग सहमती गरेरै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोशी सम्झौता बारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए ।
भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।
भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।