अत्तरिया – २० बर्ष अगाडी भारतको मजदुरी छोडेर लाल बहादुर थापा महेन्द्रनगर हुँदै अत्तरियामा पुगे । १५ बर्ष भारतमा निकै सघर्ष गरेका थापा अरुको देशमा गरेको कामले न दाम न सम्मान नै पाएको महसुस गरे । भारतको दिल्लीमा हुँदा उनले घरेलु कामदारका रुपमा काम गरे । लामो समय सम्म काम गर्दा पनि केहि प्रगती हुने नदेखिए पछि उनले आफ्नौ व्ययसाय गर्नु पर्छ भन्ने सोच बनाएर दिल्लीकै नेहरु प्लेसमा चिया बेच्न थाले । तर अरुको देशमा गरेको व्यवसायमा उनले सोचेको जस्तो सफलता पाउन सकेनन् ।
निकै मिहेनत गर्दा पनि सोचे जस्तो प्रतिफल नपाउने कारण के रहेछ भनेर उनी एक दिन भाग्य हेर्ने ज्योतिष कहाँ पुगे । ज्योतिष्लाई उनले आफ्नो सबै विगत बताए । ज्योतिषले उनलाई तिमी आफ्नौ देशमा जाउँ मिहेनत गर त्यहि गएर सफलता पाउँन सकिन्छ भने । नेपालमै केहि गर्ने सोच बनाईसकेका थापालाई ज्योतिषको भनाईले थप हैसला दियो । उनी नेपाल फर्किए ।
गुल्मीमा जन्मेका थापाका बुवा कान नसुन्ने र आमा पनि सारीरिक रुपमा असक्त थिईन । । ‘परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाई सानैमा भारतमा मजदुरी गर्न गएका थिए ।’ थापाले भने– ‘ १५ बर्ष भारतमा काम गरेर नेपालमै केहि गर्ने सोच बनाएर वनबासाको बाटो भएर घर फर्कन भनि आएको थिए । अत्तरिया पुगे । अत्तरियामा पुगेपछि बसपार्कमा मकै , पानि, चिया , फलफुल बेचिरहेका देखे । घर गएर नि के गर्नु आफ्नौ देश हो यतै केहि गर्छु भन्ने सोचेर अत्तरियाको बसपार्कमा मकै पोलेर बेच्न थाले ।’
थापाले भने मकैमा राम्रो फाईदा हुन थालेपछि गुल्मीमा रहेको परिवार लाई पनि अत्तरियामै ल्याएर बसे । व्यवसाय बढाउँदै ठेला राखे । अनि ठेलाको कमाईले खोकामा सानो होटल खोले। सानो लगानीमा खोलिएको होटलले पनि खासै कमाई भएर । थापाले भने संग संगै लेवरी गर्ने, तरकारी ओसारपसार गर्ने, लगायतका बिभिन्न काम गरे । परिवारको खर्च बढ्दै गएपनि सोचेजस्तो आम्दानी नभएपछि उनले अब कृषिमा केहि गर्नु पर्छ भन्ने सोच बनाए । त्यसका लागि पुख्र्यौली पेसा बंगुर पालन रोजे । थापाले भने ‘वंगुर पालनका लागि ठाउँ खोल्ने क्रममा अत्तरियामा रहेको सुरक्षा महिला सामुदायीक वनमा ४ बर्ष अगाडी बार्षिक २१ हजार भाडा तिर्ने गरी जग्गा पाए । जग्गा भाडामा पाएपनि लगानी नहुँदा समस्या भयो अनी सुरक्षा समुदायीक वनको समुहमा आवद्ध भएर समुहबाटै ऋण पनि लिए ।’
‘सुरुमा सानो घर बनाएर ६ ओटा बङ्गुर पाले । सोहि जग्गामा भएको सानो पोखरीमा माछा पनि पाले । अनी व्यवसाय बढ्दै गयो गुल्मीमा भएको भाईलाई पनि बोलाएर । काम गर्न थाले ।’ थापाले भने – ‘४ बर्ष अगाडी सुरु गएको व्यवसाय बढ्दै गएको छ । अहिले छोराछोरी भाई र दुबै बुढाबुढी यसैमा काम गर्छौ ।’
पुरै जिवन संघर्षमा विताएका थापालाई ५१ बर्षको उमेरमा अब भने आफ्नै देशमा गरेको कृषि व्यवसायले केहि गर्न सक्छु भन्ने लागेको छ । उनले भने –‘जिन्दगीमा धेरै संघर्ष गरियो । मिहेनत गरियो अन्तत आफ्नौ पुख्यौली पेसाले सन्तुष्टि दिएको छ । आफ्नो देशमा जहाँ बसेर नि खान सकिन्छ भन्ने लागेका छ । तर अरुको देश भन्दा आफ्नो देशमा गरेको कामले सन्तुष्टि दिएको छ ।’
बार्षिक ७ लाखको कारोबार
थापाले अहिले गोदावरी नगरपालिका १ अत्तरियाको सुरक्षा सामुदायीक वन क्षेत्रमा भाडामा लिएको डेड हेक्टर जग्गामा गुल्मी माछा तथा बङ्गुर फर्म मार्फत २ ओटा माछा पोखरी र २ ओटा बङ्गुर फर्म संचालन गरेका छन ।
बङ्गुर मात्रै बर्षमा ढाई देखि ३ लाख सम्मका बेच्ने गरेको बताए । त्यस्तै ४/५ लाखको माछा पनि उत्पादन भईरहेको थापाले बताए । ‘सुरुमा बङ्गुर पालन गर्न अलि अलि जानेको भएपनि माछा पालनका बारेमा केहि पनि जानकारी थिएन । सुरुमा घाटा पनि भयो । तर अब भने यसै व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागिरहेको छ ।’ थापाले भने –‘५ बर्षका लागि जग्गा भाडामा लिएको हुँ । जग्गाको म्याद थप गरिदिए यतै गर्ने नत्र अरु ठाउँमा जग्गा लिएर भएपनि माछा र बङगुर दुबै व्यवसायलाई अगाडी बढाउने सोच बनाएको छु ।’
थापाले भने ‘माछा भन्दा पनि बङ्गुरमा राम्रो फाईदा पाएको छु, यो मेरो पुख्र्यौली पेसा पनि हो । अली यस सम्बन्धि जानेको पनि छु । बङ्गुर व्यवसायलाई अझै अगाडी बढाउने सोच छ ।’ उनले मुस्कुराउँदै भने अहिले आफ्नो पहिचान पनि बढेका छ । धेरैले थापा जी भनेर चिन्न थालेका छन ।
अनुदानको अपेक्षा
महिला समुहबाट चर्को व्याजमा ऋण लिएर कृषि व्यवसाय सुरु गरेका थापाले आफूले अहिले सम्म कहि कतौबाट पनि सहयोग नपाएको बताए । भाडाको जग्गा भएकाले १ बर्षमा म्याद सकिदै छ । म्याद ५ बर्ष थप गरिदिन भनेको त छ । तर म्याद नथपिदिए अर्को ठाउँमा पनि काम गर्न धेरै लगानी लाग्ने भएकाले कतै अनुदान पाए सहज हुने अपेक्षा छ ।’ थापाले भने –‘पहिले त अनुदान पाईन्छ भन्ने थाहा थिएन । तर अहिले थाहा पाएर पनि के गर्नु आफ्ना मान्छे चिनेका नहुँदा सम्म नपाईने रहेछ ।’ उनले गुल्मीबाट आफू कैलालीमा आएर व्यवसाय गरेकाले खासै चिनजानका मान्छे नभएको बताए ।
स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ
थापा अरुको देशमा गएर भन्दा पनि आफ्नौ ठाउँमा आफूले जानको काम गर्न सके आत्मनिर्भर बन्न सकिने बताउँन्छन । ‘१५ बर्ष भारतमा काम गरे अलि कमाए पनि तर त्यो त्यतिकै सकियो । अहिले आफ्नौ व्यवसायले गर्दा पुरै परिवारले पनि रोजगारी पाएका छौ ।’ थापाले भने ‘झन पढेलेखेका तालिम लिएका युवाहरुले त धेरै गर्न सक्छन ।’
उनको फर्ममा अहिले १ छोरा सहित भाई र श्रीमतीले काम गरिरहेका छन । एक छोरा भने अध्ययन गरिरहेको छन । दाईसंगै काम गर्ने गुने थापाले भने ‘यो व्यवसायले गर्दा अरुको काम गर्नु परेको छैन । घरमै आफ्नौ काम गर्दा आनन्द पनि छ । मिहेनत चाहि गर्नै पर्छ ।’ थापा परिवार अहिले अत्तरियामै भाडाको घरमा बस्दै आएका छन ।