अत्तरिया – नेपाली भूभाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिम प्रदेशभरी सप्ताहव्यापी कालापानी अभियान सञ्चालन गर्ने भएको छ ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय सम्राज्यवादी सेना फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर’ भन्ने मूल नाराका साथ पार्टीले मंसिर ११ गते देखि १७ गतेसम्म सप्ताहव्यापी अभियान सञ्चालन गर्ने भएको हो ।
शनिवार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको मुद्दालाई अन्तराष्ट्रियकरण गर्न जनस्तरबाटै राज्यलाई दबाब सिर्जनाको लागि अभियान सञ्चालन गर्ने जनाएको छ ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम अध्यक्ष नन्दराज भट्टद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सप्ताहव्यापी कालापानी अभियान अन्तरगत बिभिन्न जिल्लामा पर्चा वितरण , जनभेटघाट, कोणसभा, जुलुस तथा आमसभाका कार्यक्रम हुने उल्लेख छ । ‘सप्ताहव्यापी रुपमा सञ्चालन हुने कालापानी अभियान मोटरसाईकल ¥यालीको रुपमा अगाडी बढाईने छ । धनगसढीबाट सुरु भएको मोटरसाईकल ¥याली सुदूपश्चिमका बिभिन्न पहाडी जिल्लामा पुग्ने प्रयत्न गर्ने छ । अन्तमा १७ गते महेन्द्रनगरमा पुगेर अभियान समापन गरिने छ ।’ विज्ञप्तीमा भनिएको छ ।
अभियान अन्तरगत ११ गते धनगढीमा उद्घाटन र सोहि दिन अत्तरिया र बुडर बजारमा ¥यालि तथा सभा गर्ने । १२ गते डडेल्धुरा बसपार्क र बैतडीको पाटनमा ¥यालि तथा सभा गर्ने १३ गते दार्चुलाको खलंगामा ¥यालि तथा सभा गर्ने, १४ गते गोकुलेश्वरमा ¥यालि तथा सभा गर्ने , १५ गते गोठलापानी बैतडी र दिपायल डोटीमा ¥यालि तथा सभा गर्ने र १७ गते महेन्द्रनगरमा समापन गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।
गत कात्तिक १७ गते भारत सरकारले नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पीयाधुराको उच्च हिमाली भूभागलाई सामेल गरी आफ्नो नक्सा जारी गरेपछि देशभर विरोध प्रदर्शन हुँदै आएको छ ।