अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको समता स्कुलले बिधार्थीहरुलाई पढाइ संग संगै अन्य अतिरिक्त कृयकलापहरुमा जोड दिइरहेको समता स्कुलकी प्रिन्सिपल रितु पाण्डेले बताएकी छन् । बिहिवार गोदावरी न्युज संग कुराकानी गर्दै उनले मासिक एक सय रुपैयामा पढाई हुदै आएको सो बिधालयमा अध्यनरत स साना बिधार्थीहरुलाई किताबी ज्ञान मात्रै नभएर अन्य बिभिन्न अतिरिक्त कृयकलापहरु पनि सिकाइरहेको बताइन् ।
उनले अहिलेका बिधार्थीहरुमा खाली किताबी ज्ञान मात्रै हुने र बाकिं बाह्य कुराको जानकारी नहुदा पछि अन्यौलमा हुने हुदा सानै उमेर देखी बिधार्थीहरुलाई बाह्य बिषयको पनि जानकारी गराइरहेको बताइन् ।
‘हामीले खाली किताबमा लेखेका कुराहरु पढाउने , घोकाउने र परिक्षामा मात्रै उत्तिर्ण गराउने खालको पढाइ गर्नुहुदैन’ उनले भनिन् –‘अबको युग भनेको निकै फरक छ , हामीले कलिला उमेरका बिधार्थीहरुलाई पछि गएर कस्तो बन्ने , आफ्नो घरपरिवार , गाँउसमाज र राष्ट्रका लागि कस्तो नागरिक बनेर देखाउने भन्ने बिषयको जानकारी आजैवाट बिधार्थीहरुलाई सिकाउदै जानुपर्छ । ’
उनले सानो उमेरमा धेरै बुझ्न नसकेपनि बिस्तारै उनीहरुमा राम्रो कुराको बिकाश हुदै जाने हुदा किताबी ज्ञान संगै बिधार्थीहरुको इच्चा अनुसारका अतिरिक्त कृयकलापहरुलाई पनि जोड दिइरहेको प्रिन्सिपल पाण्डेले बताइन् । अहिले समाता स्कुलमा अध्ययन गरिरहेका बिधार्थीहरुले आफ्नो आमाबुवा , घरपरिवार , गुरुबर्ग , लगाएत ठुलाको कसरी सम्मान गर्ने सानालाई कसरी माया गर्ने , कुरा कुरा ठिक हो कुन गलत हो भन्ने बारेमा बिहानै कक्षाकोठमा जानु अघि प्रतिबद्धता जनाएर जान्छन् ।
हाल ३ कक्षा सम्म पढाई हुदै आएका सो स्कुलमा बिधार्थीहरुको क्षमता अभिबृद्धिका लागि हरेक शुक्रवार फरक फरक किसिमका कार्यक्रमहरु गरिदै आएको प्रिन्सिपल पाण्डेले बताइन् । ‘हामीले बिहानै बिधार्थीहरु आएपछि लुगा लगाएको छ कि छैन , नङ काटेको छ कि छैन , घरमा के कस्तो ब्यबहार गर्छन , सरसफाई संगै पढाइ गरिरहेका छन् कि छैनन भनेर हरेक बिधार्थी तथा अभिभावक संग सोधपुछ गर्ने गदैछा’ै उनले भनिन् –‘यसले गर्दा स साना बालबालिकाहरु मैले बिधालयमा जानु अघि यस्ता सबै कुराको ख्याल गर्नुपर्छ नत्र सर मेडम रिसाउछन भनेर बिधार्थीहरु आफै बुझ्छन र सफा सुघर भएर आउने गर्छन ।’
मासिक रु एक सयमा गुणस्तरिय शिक्षा दिदै आएको समता स्कुल सामाजिक संस्था नै भएकाले यो संचालनका लागि केहि आर्थिक समस्या रहेको उनले बताइन् । उनले यो स्कुल संचालनमा यहाँका सामाजिक ब्यक्तित्व, सामाजिक संघसस्था र स्थानिय सरकार सबैमा सहयोग गरिदिन अनुरोध गरेकी छन् ।
निम्न आयस्तर भएका परिवारका बिधार्थीहरुले पनि पढ्न पाउनुपर्छ स्थापना भएको समता स्कुलका देशभर शाखा रहेको छन् । अत्तरियामा २०७३ सालमा समाता स्कुलको शाखा स्थापना भएको हो । सो बिधालयमा अहिले ४५० जनाको हराहारीमा बिधार्थीहरु पढिरहेका छन् ।