अत्तरिया – कैलालीको गोदावरी नगरपालिका १ अत्तरियाको धनगढी रोडमा रहेको जित्तलपुर सुकुम्बासी बस्ती सुकेको रुखको जोखिममा परेको छ । सुरक्षा सामुदायीक वनमा २०६१ साल देखि बसेका सुकुम्बासी परिवारलाई हटाएर अत्तरियाको धनगढी रोडमा रहेको सव डिभिजन कार्यालयको राष्ट्रिय वनको क्षेत्रमा राखिएको भएपनि त्यस क्षेत्रमा रहेका सुकेका रुख नकाटिदा बस्ती जोखिममा परेको छ । सामुदायीक वनको क्षेत्रबाट हटाएर यस क्षेत्रमा राखिएका १ सय १२ परिवार अहिले वस्तीभित्र भएका अधिकान्स रुख सुकेर हागा झर्न थालेपछि जोखिममा परेका छन ।

बस्तीका भलमन्सा बिसाल चौधरीले सामुदायीक वन खाली गराएर ४ बर्ष अगाडी ६/६ धुर जग्गा दिएर बसाएको बताए । उनले वनले जग्गा दिएर बसाएको भएपनि सुकेका रुख भएको क्षेत्र भएकाले रुखका हागा खस्ने र कतिपय रुख भने जरैदेखि कुहिसकेकाले बस्ती जोखिममा परेको बताए । ‘ सामुदायीक वनको क्षेत्रमा वसेका बेला धेरै जमिन मासीयो भनेर सिमित रुपमा बस हामी व्यवस्था गर्छै भनेर जग्गा दिएर बसाए ।’ भलमन्सा चौधरीले भने – ‘बस्ती बस्ने बेलामा आधा रुख सुकेका थिए । अहिले बस्ती बसेपछि सबै रुख सुकिसकेका छन । सुकेका रुखका जरा पनि सुकिसकेका छन । प्रतेक बर्ष रुखका हागा घरहरुमा भर्ने गरेका छन ।’ उनले वस्तीमा सुकेका ५६ रुख कटाउनको लागि सबैतिर धाएको भएपनि सबैले हुन्छ हुन्छ भनेर आश्वासन मात्रै दिने गरेको बताए ।
जित्तलपुर बस्तीकी अध्यक्ष फुलमती चौधरीले रुख कटानका लागि निवेदन दिएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको बताए । ‘मन्त्रालयमा गयौ, मन्त्रालयले जिल्ला वनमा चिठि पठायो , जिल्ला वनले ईलाका वन चिठी पठायो, अनि ईलाका वनले रुखको छपानी गरेर जिल्ला वनमा पठायो । जिल्ला वन के गदैछ कुरा पनि सुन्दैन । अध्यक्ष चौधरीले भनीन –‘ धेरै चोटी धाउदा पनि केहि भएन । क्षेत्रीय वन , जिल्ला वन सबैठाउँका मान्छे आए । तिमीहरु जोखिममा छै भने हामीले पनि धेरै चोटी आवाज उठायौ ।’ उनले रुख नकाटिदा बस्तीबासी त्रासमा बाचिरहेको बताईन । ‘यो रुखले हामीलाई मार्छ । जरादेखि टुप्पो सम्म कुहिसकेको छ । हावाहुरीको समय आईसक्यो । यस्तै रहे जेठ बैसाखमा हामी मर्छौ ।’ अध्यक्ष चौधरीले भनीन् । उनका अनुसार अहिले सम्म रुखका हागा झरेर १०/१२ जना घाईते भईसकेका छन ।
सुरक्षा सामुदायीक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले सामुदायीक वन भित्र अतिक्रमण भएकाले तत्कालिन जिल्ला वन संग हटाईदिन हामीले माग गरेपछि वन लगायत सबैको पहलमा अर्को व्यवस्था नभए सम्मका लागि भनेर वस्तीलाई सो ठाउँमा बसाएको बताईन ।
राष्ट्रिय वन क्षेत्रमा पर्ने सो क्षेत्रमा रहेको बस्तीमा भएका सुका खडा रुखको लागत संकलनको काम समेत सम्पन्न भईसकेको छ । सव डिभिजन वन कार्यालय अत्तरियाले १ बर्ष अगाडीनै डिभिजन वन कार्यालयको निर्देशनमा रुखको लगत संकलन गरिएको थियो । तर अहिले सव डीभिजन प्रमुख भएर आएका राम नारायण यादवले भने त्यसको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक होम राज बिष्टले सुकेका रुख काट्नुको विकल्प नभएको बताए । उनले प्रक्रिया अगाडी बढीसकेकाले १ महिना भित्रमै रुख काटीने बताए । ‘सुकेका रुख राखेर कुनै फाईदा छैन झन त्यो ठाउँमा बस्ती पनि भएकाले बस्ती जोखिममा पनि छ ।’ निर्देशक बिष्टले भने ।

४ बर्ष अगाडी २२ परिवारलाई निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडकको छेउमा लालपुर्जा दिएर बसाईएको थियो भने बाकी परिवारलाई रोड भन्दा केहि भित्र अर्को व्यवस्था नभए सम्मका लागि भनेर बस्न दिईएको थियो ।
सामुदायीक वनका भलमन्सा चौधरीका अनुसार २०५७ सालमा मुक्त भएर लालकार्ड भएका २२ जनाले लालपुर्जा सहित बस्तीमा बसेका छन भने लालकार्ड नहुँनेलाई पछि लालपुर्जा दिने भनेर जग्गा दिएर बसाईएको छ । चौधरीले मुक्त भएको समयमा लालकार्ड बनाउनु पर्छ भन्ने थाहा नभएर आफूहरु संग लालकार्ड नभएको बताए ।