बाजुरा – जिल्लाको पुर्वीउत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा समुदायिक वनमा ईजाजत बिना गैरकानूनी रुपमा जडीबुटी संकलन गरिरहेको अबस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन । पक्राउ पर्नेमा हिमाली गाउपालिका १ बामु देबीडाडा सामुदायिक वनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ ।
गैर कानूनी रुपमा जडीबुटी संकलन भईरहेको गोप्य सुचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटीएको प्रहरी टोलीले एक क्युन्टल कटुकी सहीत दुई जना वन उपभोक्त समितिका पदाधिकारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक उद्धबसिंह भाटले बताए ।
अबैध रुपमा संकलित जडीबुटी वन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेको दुबै जनालाई जिल्ला सदरमुकाम ल्याईएदै गरेको भाटले बताए । जिल्ला सदरमुकाम ल्याएर अनुसन्धान थालिने र वन ऐन अनुसार कार्बाही गरिने प्रहरी प्रमुख भाटले बताएको छ ।
हिमाली गाउँपालिकाको विकट ठाउँमा रहेको जङ्गलमा जिल्ला सदरमुकाम मार्तडीबाट पाँच दिनको पैदल दुरीमा पर्छ भने बिच्छाया प्रहरी चौकी रहेको कवाडीबाट दुई दिनको पैदल दुरीमा रहेको छ ।
बाजुरा जिल्लामा पाइने सेतक चीनी जस्तै कटुकी, पाच औले भुल्ते सेतक चीनी लगायत करोडौंको जटिबुडी इजाजत पत्र बिना संकलन गरी हुम्ला, जुम्ला र कालिकोट तिर निकासी भइरहेको पटक पटक सुचना आइरहने गरेका छन् ।
तस्करले चोरी छिपी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रति स्थानीय जडिबुटी व्यवसायी समेत आक्रोशित छन् । जिल्लामा जटिबुडी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमको जडिबुटी सोझै भारत र चिन लगायत देश बाहिर लिने गरिरहेका छन् ।
यता डिभिजन वन कार्यालय बाजुराले भने भने अवैद्यरुमा राष्ट्रिय जंगलमा जडीबुटी संकलन गर्ने जो कोहीलाइ कानुनी कारर्वाही गर्ने बताए ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयक निर्देशक हेम राज बिष्टका अनुसार कुटुकी वनबाट ईजाजत लिएर संकलन गर्न पाईन्छ । ईजाजत नलिई या प्रसोेधन नगरी कुटूकी संकलन वा वाह्य देशमा निर्यात गर्न नपाईने निर्देशक बिष्टले बताए ।