अत्तरिया – सुदूरपश्चिम प्रदेशले पुनर्गठीत मन्त्रीपरिषदमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री पाएको छ । कैलालीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी संसद लेखराज भट्ट उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमा नियुक्त भएका छन् । भट्ट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री भएपछि देशमै उद्योग विकासको क्षेत्रमा पछाडी परेको सुदूरपश्चिमको उद्योग क्षेत्रको विकास हुने यस क्षेत्रका उद्योग व्यवसायीले आशा लिएका छन ।

दैशमै सुदूरपश्चिम प्रदेश एक मात्र औद्योगिक क्षेत्र नभएको प्रदेश हो । संघीय सरकारले २०७६/७७ को बजेटमा कञ्चनपुरको छेलामा विशेष आर्थिक क्षेत्र घोषणा कार्यान्वयनमा ल्याउने बताएपछि त्यसको प्रगति पनि न्युन छ । सुदूरपश्चिममा औद्योगिक क्षेत्र नहुँदा नयाँ उद्योग खोल्नका लागि जग्गाको समस्या हुने गरेको छ । जसले गर्दा यस क्षेत्रका लगानिकर्ता पनि अन्य प्रदेशमा जाने गरेको पाईन्छ । सुदूरपश्चिमको कैलालीमा केहि उद्योग स्थापना भएको भएपनि अन्य क्षेत्रमा भने उद्योग विकासको अवस्था निकै कमजोर छ । कैलालीमा पनि पछिल्लो समय नयाँ उद्योग स्थापनाका लागि जग्गाको सबैभन्दा ठुलो समस्या छ । जसले गर्दा यहाँ स्थापना हुने उद्योग पनि अन्य प्रदेशमा जाने गरेका छन ।
कैलालीको श्रीपुरमा २०६५ सालमा ७ सय हेक्टर क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरिएको भएपनि त्यो कागजमै सिमित भएको छ । यस प्रदेशमा कृषि, जडीबुटी, वन पैदावर, पर्यटन लगायत उद्योगको प्रचुर सम्भावना छ । सुदूरपश्चिममा प्रयाप्त मात्रामा काम गर्ने जनशक्ति पनि रहेको छ । अहिले यस प्रदेशमा उद्योग धन्दाको विकास नहुँदा लाखै युवा भारत तथा तेस्रो मुलुकमा जान बाद्य छन ।
अन्य प्रदेशको तुलनामा उद्योगको विकासमा पछि परेको यस प्रदेशमा पनि उद्योग धन्दा फस्टाउने वातावरण बन्नेमा उद्योग व्यवसायीले आशावादि देखिएका छन । उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले यस क्षेत्रको उद्योग क्षेत्रका समस्या संग नवनियुक्त उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री जानकार भएकाले यस क्षेत्रको समस्या सामाधान गर्नेमा आशावादि रहेको बताए । उनले सुदूरपश्चिम प्रदेश उद्योगको हिसावले शुन्य अवस्थामा भएकाले यस क्षेत्रका लागि विशेष सुबिधा दिन सकियो भने उद्योग क्षेत्रले गति लिने बताए । ‘यस क्षेत्रमा अहिले सम्म अद्योगित क्षेत्र नै बन्न सकेका छैन । विद्यमान ऐन कानुनले पनि यस क्षेत्रको उद्योग क्षेत्रको विकास हुन सक्दैन ।’ प्रदेश अध्यक्ष बोगटीले भने – ‘सरकारले यसका लागि ऐनमै परिवर्तन गरी टेक्स फ्री जोन बनाउन आवश्यक छ । उद्योग क्षेत्र स्थापना गरेर बाटो , बिजुली लगायतका सुबिधा उपलब्ध गराउनु पर्छ ।’
उनले यो क्षेत्र अन्य प्रदेशको तुलनामा पछि परेकाले अहिले संचालनमा रहेको उद्योग संग प्रतिप्रधा गर्नु पर्ने भएकाले यस क्षेत्रका लागि विशेष सहुलियत दिनु पर्ने बताए । ‘अन्य क्षेत्रको तुलनामा यस क्षेत्रको बजार सानो छ । यहाँ उत्पादन गरेका वस्तु पनि काठमाण्डौ, पोखरा लगायतका ठाउँमा पुगाउनु पर्छ । जसले गर्दा यस क्षेत्रमा उत्पादन भएका वस्तुको लागत बढ्न जान्छ । हामीले प्रतिप्रधा गर्न सक्दैनौ ।’ प्रदेश अध्यक्ष बोगटीले भने –‘नव नियुक्त मन्त्री भट्टले ऐन बनाएर भएपनि यस क्षेत्रको उद्योग विकासका लागि पहल चाल्नु हुने छ ।’
उनले सुदूरपश्चिममा औद्योगित क्षेत्र निर्माणका लागि ठाउँको लागि विवाद नगरी सबैले पायक पर्ने ठाउँमा बनाउन सकिने बताए । औद्योगिक क्षेत्रको लागि कैलालीको श्रीपुर क्षेत्र पनि सबैको पायक पर्ने ठाउँ भएकाले उपयुक्त रहेको बताए ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले लेखराज भट्ट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रि भएपछि यस क्षेत्रका उद्योग व्यवसायीले उद्योग क्षेत्रको विकास हुनेमा ठूलो अपेक्षा गरेको बताए । ‘सुदूरपश्चिममा लगानी भित्रिन नसकेको अवस्था छ । लगानिकर्ताहरुको लागानी डुब्ने हो कि भन्ने भय भएको अवस्थामा मन्त्री पाएका छै ।
वहाले यस क्षेत्रमा उद्योग कलकारखाना भित्र्याउनका लागि योजना ल्याउनु हुने छ भन्ने अपेक्षा गरेका छौ ।’ अध्यक्ष देवकोटाले भने – ‘यस क्षेत्रमा आउने उद्योगका लागि १०/१५ बर्षका लागि ट्याक्स फ्रि जोन, औद्योगिक करिडोर स्थापना लगायतका कार्यक्रम ल्याएर यस क्षेत्रको औद्योगिक विकास गर्नुहुने छ भन्ने अपेक्षा छ ।’