चैत २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्वबियु को लागि हुने निर्बाचन को लागि उम्मेदवारहरु प्रचार को अन्तिम कसरतमा छन् ।
उम्मेदवारहरु मतदाता विद्यार्थी संग भेटेर आ -आफ्नो पक्षमा फकाउन थालेका छन् । सुदुरपश्चिम बिश्वबिद्धालय अन्तर्गत यस क्षेत्रको ठूलो क्याम्पस दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा दुई पक्षीय भिडन्त हुने भएको छ ।
स्वबियु चुनावको लागि उक्त क्याम्पसमा नेबिसंघका एकल उम्मेदवार मैदानमा छन् भने बाम विद्यार्थीहरुको संयुक्त प्यानल बनेको छ । विद्यार्थी को चुनाव भएपनी माउ पार्टीका नेताहरू पनि आ -आफ्नो पक्षलाई जिताउन भित्र भित्रै खटिएका छन् ।
यस अघि संघ संस्थाका चुनावमा बिभाजित हुने कांग्रेस -एमाले यस क्षेत्रमा अहिले भने बिभाजित भएका छैनन् ।
उम्मेदवार को बिषयलाई लिएर कांग्रेस भित्र पनि खुलेर असन्तुष्टि देखिएको छैन भने एमालेमा पनि त्यस्तो देखिएको छैन । अखिल संयुक्त प्यानलबाट स्वबियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)का बम बहादुर बिक उम्मेदवार बनेका छन् ।
सोही प्यानलबाट सचीवमा एमाले निकट अनेरास्ववियु का गणेश नाथ योगीले उम्मेदवार छन् भने कोषाध्यक्षमा अनेरास्ववियु कि दिपिका भट्ट उम्मेदवार छन् ।
उता अर्को समुहबाट कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ)को एकल प्यानल बाट सभापतीमा भुबन महरा उम्मेदवार छन् । सोही समुहबाट सचिबमा ज्योती शाहु ले उम्मेदवार छन् भने कोषाध्यक्षमा सोनिया शाहले उम्मेदवार छन् ।
भुबन यस अघिका स्वबियु सभापति पनि हुन । संयुक्त अखिलका उम्मेदवार बिक यस अघिका स्वबियु सचिब हुन् । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा यस अघि भएका दुई चुनाव नेबिसंघले जितेको छ । उक्त क्याम्पसमा ११ सय बढी मतदाता रहेका छन् ।
भुबन र बम को कति बलिया ?
भुबन अघिल्लो चुनावमा पनि स्वबियुमा निर्बाचित भएका थिए । त्यो बेला बम र भुबन को एउटै प्यानल थियो ।
भुबन बिद्यार्थीहरु माझ निकै घुलमिल भएको विद्यार्थी नेताको रूपमा परिचित छन् भने बम पनि बिद्यार्थी माझ लोकप्रिय नेता हुन ।
दुर्गालक्ष्मी क्याम्पसमा बिगतमा भएका दुई चुनाव नेबिसंघले नै जितेको थियो । भुबन को पक्षमा माहोल बनाउन बिगतमा उक्त क्याम्पसमा अध्यन गरेका विद्यार्थी नेताहरू पनि अत्तरिया केन्द्रित बनेका छन् ।
समाचार टिप्पणी