नेकपा एमाले सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले गणतन्त्र , लोकतन्त्र को विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । सोमबार अत्तरियामा आयोजित नेपाल शिक्षक संगठनको १४ कैलाली जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“चिहानमा गइसकेको राजतन्त्र फेरी जिउँदो भएर आउन सक्दैन । लोकतन्त्र- गणतन्त्र को बिकल्प राजतन्त्र होइन बरु राजतन्त्र को विकल्प पुनः गणतन्त्र नै हो ” उनले भने।
उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरी भए त्यसको समीक्षा गरेर सुधार गर्नु आवश्यक रहेको बताए । यस्तै उनले जारी शिक्षकहरुको आन्दोलन को समाधान संवाद र छलफलबाटै हुने जिकिर गरे।
उनले भने, “कुनै पनि समस्याको समाधान बहस र वार्ताबाटै सम्भव छ । इतिहासले पनि यिनै उपायहरूबाट समाधान निकालेको देखाएको छ ।” भट्टले देशमा गणतन्त्र आएपछि सुदुरपश्चिममा थुप्रै बिकासका परियोजना अघि बढेको बताउँदै उनले भने ," तर उनले यी कामको बारेको तल जनता सम्म लैजान नसक्दा भ्रमहरु रहेका छन्। "
यस्तै सचिब भट्टले नेपालको राजनीति परिबर्तनमा शिक्षकहरुको ठूलो भुमिका रहेको बताए । "शिक्ष्क संगठन को इतिहास गौरबपुर्ण छ । शिक्षकहरुले चाहे त्यो राजनीतिक परिबर्तन होस् , चाहे त्यो सामाजिक ,शैक्षिक परिबर्तन होस् । कस्तो शिक्षा दिने त त्यो इतिहास को समिक्षा गरेर बर्तमानमा अगाडि बढने हो," उनले भने ।
गणतन्त्र ल्याउन पनि शिक्षक संगठनले महत्त्वपूर्ण भुमिका खेलेको उनको जिकिर रहेको छ।