डडेल्धुरा तथा डोटीको संगम स्थल डोटीको शिखर नगरपालिका वडा नं १० स्थित पवित्र तिर्थस्थल गहनान त्रिवेणी धाममा आईतबार देखि श्रीमद देवि भागवत महापुराण ज्ञान धन धन्यान्चल हवन महायज्ञको शुभारम्भ भएको छ ।
उक्त क्षेत्रमा आयोजना हुने महायज्ञको पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाद्धारा उद्धघाटन गरिने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक ललित बलायरले बताए। देउवा हेलिकप्टर मार्फत सुर्खेत दिपायल भएर गहनान पुग्ने कार्यक्रम रहेको छ ।
उक्त स्थान देउवाको गृहपालिका गन्यापधुराको पनि भाबनात्मक सम्बन्ध रहेको छ । माहायज्ञको पहिलो दिन आज आईतबार विहान ७ वजे कलश यात्रा निकालिएको छ । आज देखी २५ गतेसम्म महायज्ञको आयोजना गरिने छ ।
धार्मिक, पर्यटकिय तथा ऐतिहासिक, सामाजिक जन जीवन लगायतका पक्षको प्रचारप्रसार एवं उजागर गर्दै यस क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उदेश्य सहित महायज्ञको आयोजना गरिन लागेको संयोजक बलायरले बताए ।
सम्पुर्ण हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र र गन्तव्यस्थल बनाउन तथा तिर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञको आयोजना गरिन लागेको जनाइएको छ।महायज्ञ मा प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषिकेश उपाध्याय रहेका छन् ।
महायज्ञमा तुलादान, अन्नदान, गौदान,आरती सेवा, विशेष पुजा, ब्राह्मणपूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध लगायत कार्यक्रमहरु हुनेछन । महायज्ञमा योगबिज्ञान शिविर, शालिग्रामपुजन, देविभागवत, मुलपाठ, रुद्री श्रीमद्भागवत कथा प्रवचन, झाँकी बालसँस्कार कार्यक्रम, भजनकृतन पनि हुने छ्न ।
दाताहरु लाइ सम्मानपत्र, दाताको नाम शिलापत्रमा अंकित पनि गरिने आयोजकले जनाएको छ । महायज्ञ सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको छ । महायज्ञ कार्यक्रममा दुई लाख बढी दर्शनार्थीहरु दर्शन गर्न आउने अनुमान गरिएको छ । करिब एक करोड बराबर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
डडेल्धुराको गन्यापधुरा, नवदुर्गा, डोटीको शिखर नगरपालिका महायज्ञको मुख्य संरक्षकको भुमिकामा रहेका छन । डोटी र डडेल्धुराको सिमाना सेति नदि र शाकल्य नदिको संगमस्थल शाकल्य ऋषिले तपस्या गरि ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भुमि मानिन्छ। पौराणिक कालमा ५ पाण्डवहरुले ध्यान तपस्या गरेको पवित्रस्थल समेत मानिन्छ ।