धनगढी एफसीले नेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ ।
धनगढी एफसीले आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुने फ्रेन्चाईज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग एनएसएल तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको हो ।
उनले विभिन्न देशहरुको लिगमा आफ्नो छाप छो्न सफल भएका छन् । नेपालमा आएर फुटबल खेल्ने उनी पहिलो ब्राजिलियन खेलाडी हुन् । सर्जियो बार्बोजाले ब्राजिलको फ्लामेङ्गो यू–२० टोलीबाट खेलिसकेका छन् ।
उनले कोस्टारिकाको प्रिमेरा डिभिजन क्लब लिमोन एफसी, ग्वाटेमालाको कम्युनिकासियोनेस बी टोली, हन्डुरासको जुतीकाल्पा एफसी, लाओसको मास्टर ७ एफसी, कम्बोडियाको प्रेह खान रिच स्वाई रिएङ एफसी माल्टाको जेइटुन कोरिन्थियन्स एफसी, संयुक्त राज्य अमेरिकाको नोना एफसीबाट खेलिसको छन् ।
छिमेकी देश भारतबाट विभिन्न क्लबबाट पनि उनले व्यवसायिक फुटबल खेलिसको छन् । उनले भारतको मिनर्भा पञ्जाब एफसी, दिल्ली एफसी र राजस्थान युनाइटेड एफसीबाट ईन्डियन सुपल लिग खेलिसकेको अनुभव छ ।
धनगढी एफसीका अध्यक्ष सुवास शाहीले भने, –‘हामी सर्जियो बार्बोजालाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं । उनको अनुभव र कौशलताले हाम्रो टोलीलाई बलियो बनाउनेछ र समर्थकहरूलाई रोमाञ्चक खेल प्रदर्शन गर्नेछ ।’
धनगढी एफसीले यसअघि विदेशी खेलाडीको रुपमा अहमद हिजाजी, अफिज ओलावाले, वालिद विररौ र मोहमद एल जाओआनीलाई अनुबन्ध गरिसकेका छ ।